मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल     पाँच वर्षपछी प्रदेश–३ फलफूल मय हुन्छ– मुख्यमन्त्री पौडेल     प्रदेश राजधानी हेटौंडामा संविधान दिवसको भव्य कार्यक्रम, हजारौ जना सडकमा     संविधान र संविधानवाद बिषयक हेटौंडामा विचार गोष्ठी     बिज्ञान र प्रबिधिको क्षेत्रमा काम नगरे सम्म देशको विकास हुँदैन–मन्त्री दुलाल     शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल   

राष्ट्रिय समाचार

राजधानी र प्रमुख नतोकिँदा प्रदेशसभाको तयारी शून्य


  • राष्ट्रिय समाचार
  • 3 पटक पढिएको
  • २०७४ मंसिर ०१ शुक्रवार
काठमाडौं, मंसिर १ – प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुन केही दिन मात्र बाँकी रहँदासमेत प्रदेशको राजधानी र प्रमुख तोकिएको छैन । प्रदेशको राजधानी र प्रदेश प्रमुख नतोकिँदा प्रदेशसभा बस्ने ठाउँ तथा संघीयता कार्यान्वयनसँग जोडिएका अरु विषय अन्योलमा परेको छ ।

मंसिर १० र २१ गते हुने चुनावबाट केन्द्रमा चुनिने प्रतिनिधिसभाको बैठक बस्नका लागि लगभग तयारी पूरा भए पनि प्रदेशको हकमा भने अझैसम्म सिन्कोसमेत भाँचिएको छैन । संघीय संसदको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै बस्ने गरी संसद सचिवालयले तयारी अन्तिम चरणमा पुर्‍याएको छ । तर, संविधानअनुसार प्रदेश चुनावको नतिजा आएको २० दिनभित्र प्रदेशसभाको बैठक अनिवार्य बोलाउनु पर्ने भए पनि संघीयता कार्यान्वयनका लागि गर्नुपर्ने आधारभूत कामसमेत नभएको हो । दुई चरणको चुनावपछि १०र१५ दिनमा सबै परिणाम आउने र त्यसको २० दिनभित्र बैठक बोलाउनु पर्ने बाध्यताबारे सरकार अहिलेसम्म बेखबर जस्तै बनेको छ ।

संघीयता कार्यान्वयका लागि प्रदेश प्रमुखको नियुक्ति र केन्द्र तोकिनु सबैभन्दा पहिलो शर्त भए पनि दुवै काम हुन सकेको छैन । प्रदेशको राजधानी नतोकिँदा चुनावसँगै खडा हुने निर्वाचित प्रदेशसभाका सदस्यले शपथ ग्रहण कहाँ गर्ने, बैठक कुन स्थानमा राख्ने, संघीय संरचनाअनुसार कर्मचारी कसरी खटाउने भन्ने विषय अन्योलमा परेको छ ।

संसद सचिवालयले गएको असार महिनामै प्रदेशसभाका लागि चाहिने जनशक्ति तथा पूर्वाधारबारे प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको छ । तर, राजधानी र प्रमुख नतोकिँदा प्रदेशसभाका लागि कुनै तयारी गर्न नसकिएको संसद सचिवालयका प्रवक्ता डा। भरतराज गौतम बताउनुहुन्छ । सचिवालयले तयार पारको प्रतिवेदन अनुसार एउटा प्रदेशसभा बस्नका लागि कम्तिमा पनि चारवटा भौतिक संरचना चाहिन्छ । बैठक बस्ने स्थान, सचिवालय, दलका लागि संसदीय दल र पुस्तकालय समेत चाहिन्छ ।

संघीयता कार्यान्वयनका लागि अहिलेसम्म अस्थायी केन्द्रसमेत नतोकिएको अवस्थामा चुनावपछि एकैपटक केन्द्र तोकेर यी संरचनाको खोजि गरिनु गर्नु निक्कै चुनौतिपूर्ण छ । शहरी विकासमन्त्री दिलनाथ गिरी प्रमुख र अस्थायी राजधानी तोक्नेबारे तयारी भइरहेकाले केही दिनमै पूर्णता पाउने दाबी गर्नुहुन्छ । गिरीले भन्नुभयो, ‘यसबारे सरकारले तयारी गरिरहेको छ । केही समयमै हामी प्रमुख र राजधानी तोकेर प्रदेशसभाका लागि तयारी अघि बढाउँछौं ।’ उज्यालोबाट ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top