मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 २०७४ माघ १५ गते     झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी   

समाज

बाम गठबन्धनको २ तिहाई मतआउँछ – खतिवडा


  • समाज
  • 1 पटक पढिएको
  • २०७४ कार्तिक ३० बिहीवार
नेकपा एमालेका केन्द्रिय सदस्य एबम् बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडाले आसन्न संघ र प्रदेश निर्वाचनमा संयुक्त बाम गठबन्धनले दुई तिहाई मतका साथ विजयी हुने बताएका छन् । बिहिबार भिमफेदी गाउँपालिकाको १ र २ नम्बर वडाले गरेको संयुक्त चुनाबी सभामा कार्यक्रममा बोल्दै उनले बाम गठबन्धन आम नागरिकको चाहाना र आवश्यकता भएकोले २ तिहाई मतले बिजयी हुने दावि गरे ।

 त्यसैगरी कार्यक्रममा बोल्दै क्षेत्र नम्बर २ प्रदेश क का उमेद्वार कुमारी मोक्तानले देशको राजनैतिक, आर्थिक, सामाजिक रूपान्तरणमा बाम शक्तिहरूको भुमिका महत्वपूर्ण हुने बताईन् । बाम गठबन्धनको नेतृत्वले देशलाई अगाडि लैजाने उनको भनाई थियो । २ नम्बर निर्बाचन परीचालन कमिटिका संयोजक काशिराम बज्युको सभाध्यक्षतामा भएको कार्यक्रममा पूर्ब साँसद सुबासचन्द्र ठकुरी, एमाले जिल्ला सचिब एबम् बामगठबन्धनका क्षेत्र नम्बर २ का निर्बाचन कमिटिका संयोजक एकालाल श्रेष्ठ, प्रदेश क का संयोजक बिष्णु बिष्ट, थाहा नगगरापालिकाका मेयर लबसेर बिष्ट, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामालगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा भिमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्बती राना, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, माओबादि केन्द्रका जिल्ला सदस्य प्रकाश पाण्डे, सागर बानियाँ, रञ्जित राना, सानु थापा, अप्सरा लोप्चनलगायतकाको आतिथ्यता रहेको थियो । 

यसैगरी भिमफेदी गाउँपालिका वडा नम्बर ३ र ४ मा पनि बिहिबार बामगठबन्धनको संयुक्त चुनाबी सभा सम्पन्न भएको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, प्रदेश क का उमेद्वार कुमारी मोक्तान, पुर्ब साँसद सुबासचन्द्र ठकुरीले मन्तब्य राखेका थिए । बामगठबन्धनका क्षेत्र नम्बर ३ का निर्बाचन परीचालन कमिटिका संयोजक क्षेत्रबहादुर पाण्डेको सभाध्यक्षता भएको कार्यक्रममा भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्बती राना, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी,माओबादि केन्द्रका जिल्ला सदस्य प्रकाश पाण्डे, सागर बानियाँ, रञ्जित राना, बद्रि स्याङतान, अप्सरा लोप्चन, आशिस अश्लामी लगायतकाको आतिथ्यता रहेको थियो













Copyright © 2017, All Rights Reserved ! Powered by :
Top