मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

राष्ट्रपति भण्डारीसँग युएइका उप–राष्ट्रप्रमुख मोक्तुमको भेटवार्ता


  • राष्ट्रिय समाचार
  • 8 पटक पढिएको
  • २०७४ कार्तिक ३० बिहीवार
दुबई, कात्तिक ३० – राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्री शेख महम्मद बिन रसिद अल मोक्तुमले बुधबार जाबिल राजप्रासादमा औपचारिक भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीसँग युएइका उप–राष्ट्रप्रमुख मोक्तुमको भेटवार्ता

त्यस अवसरमा दुई देशबिच आपसीहितका समग्र पक्षका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो । उहाँले नेपालको पूर्वाधार, पर्यटन, कृषि, जलस्रोतको विकास तथा त्यसका लागि लगानी भित्र्याउने विषयमा छलफल भएको पनि उल्लेख गर्नुभयो । उप–राष्ट्रप्रमुख अल मोक्तुमले छलफलका क्रममा नेपाली श्रमिक इमान्दार र कर्तव्यनिष्ट भएको भनि प्रशंसा गर्नुभएको र राष्ट्रपति भण्डारीले नेपाली श्रमिकले आफ्नो रोजगारीबाट  परिवारका साथै समाजलाई पनि फाइदा पु¥याएको जानकारी दिनुभएको सचिव वैरागीले बताउनुभयो ।

उहाँले पूर्वाधार तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुई देशबिच स्थापित संयन्त्रलाई अझ थप सक्रिय तथा प्रभावकारी बनाउने कुरामा जोड दिइएको जानकारी दिनुभयो । 

राष्ट्रपति भण्डारीले अदालतबाट मृत्युदण्डका सजाय पाएका तथा १४ वर्षसम्म कारागारमा रहेका अमरबहादुर बमको सजाय माफी तथा निजको रिहाइका लागि उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको सचिव वैरागीले उल्लेख गर्नुभयो । वार्तामा आपूर्तिमन्त्री जयन्त चन्द पनि उपस्थित हुनुहुन्थ्यो । वार्तामा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई तथा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी पनि उपस्थित हुनुहुन्थ्यो । रासस 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top