मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

करिश्माको स्टाटस झुठो ठहरियो, लाजले डिलिट भयो यो स्टाटस्


  • राष्ट्रिय समाचार
  • 4 पटक पढिएको
नयाँ शक्ति नेपालकी केन्द्रिय सदस्य तथा अभिनेत्री करिश्मा मानन्धर अहिले सामाजिक सन्जालमा चर्को आलोचना खेपिरहेकी छिन्। आइतबार दिउँसो निर्वाचन आयोगमा धर्ना दिने क्रममा नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले ‘यो देश खारेज गर’ भन्दै लगाएको नाराले सामाजिक संजालमा निकैनै तहल्का मच्चाएको थियो।

करिश्माको स्टाटस झुठो ठहरियो, लाजले डिलिट भयो यो स्टाटस्

 हिसिला यमीले ‘देश नै खारेज गर’ भनेर नारा लगाइरहँदा मिडियामा क्याप्चर भएपछि  एकैछिनमा भाइरल बन्न पुगेको थियो। जसको चर्को आलोचना पछि हिसिलाले सोमवार पत्रकार सम्मेलन गर्दै आफुले अर्धवेहोसीमा त्यस्तो बोलेको भन्दै माफी पनि मागेकी थिईन्। तर यो विषयलाई लिएर करिष्माले मिडियामा आएको भिडियो झुट भएको तथा डविङ गरिएको भन्दै आफ्नो फेसबुकमा स्टाटस राखेपछि उनी पनि आलोचना खेप्न बाध्य भएकि छिन्। तर पछि स्टाटस राखेको केही समय नपुग्दै करिस्माले स्टाटस डिलिट गरेकी छिन्। जसबाट उनको स्टाटस झुटो भएको सावित भएको छ्। आखिर पछि हटाउनु थियो भने मिडियालाई गलत भन्दै  करिश्माले किन राखिन त स्टाटस? यो भने सोच्न लायक विषय बनेको छ्। 






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top