मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जिल्ला विपद् समितिको बैठकः दैवि प्रकोप पीडितलाई तत्काल राहत उपलब्ध गराइने     मकवानपुरको मार्खुमा पहिरोः घरमै पुरिएर आमा छोरीको मृत्यु     भिमफेदी र हेटौंडा ५ का बिद्यालय तीन दिनका लागि बिदा     प्रदेश ३ सरकारको घोषणाः बाढी, पहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख दिइने     मकवानपुरमा बाढी,पहिरोमा परी तीनजनाको मृत्यु      मकवानपुरको थाहानगरमा बाढीले बगाएर मृत्यु, कैलाशमा पहिरोमा परी बेपत्ता     प्रदेश ३ सरकारले खाद्य प्रयोगशाला निर्माण गर्ने     हेटौँडाका मासु पसल आजबाट खुल्यो     मकवानपुरमा बगाएका ४ र पहिरोले पुरीएका १ जनाको उद्धार     प्रदेश ३ खेलकुद परिषदका पदाधिकारिहरुको हेटौंडामा सफथग्रहण     हेटौँडाबाट ८५ किलो लागूऔषध गाँजासहित थापा पक्राउ   

राष्ट्रिय समाचार

भूकम्प प्रभावितले गुनासो गर्ने समयसीमा मंसिर मसान्तसम्म मात्रै


  • राष्ट्रिय समाचार
  • 10 पटक पढिएको
  • २०७४ कार्तिक ३० बिहीवार
काठमाडौं, कात्तिक ३० – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लामा घर पुनर्निर्माणसँग सम्बन्धित गुनासो आउँदो मंसिर मसान्तसम्म मात्र दर्ता गर्न सकिने गरी समयसीमा निर्धारण गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत युवराज भूसालको अध्यक्षतामा बसेको प्राधिकरणको ९१ औँ कार्यकारी समितिको बैठकले ३१ वटै भूकम्प प्रभावित जिल्लाका कुनै भूकम्प प्रभावितको लाभग्राही सूचिमा नाम छुटेको भए २०७४ मंसिर मसान्त भित्रमा स्थानीय तहमा  गुनासो दर्ता गर्न सकिने गरी समयसीमा तोकेको प्राधिकरणका सहप्रवक्ता डा। भीष्मकुमार भु्सालले जानकारी दिनुभयो । 

बैठकले मंसिरपछि घर पुनर्निर्माणसँग सम्बन्धित गुनासो सम्बोधन नगर्ने भएकाले आवास अनुदानको सूचिमा नपरेका तर वास्तविक प्रभावितले मात्र त्यस अगावै स्थानीय तहमा गुनासो दर्ता गर्न समेत आह्वान गरेको छ ।  प्राधिकरणले यसअघि दर्ता भएका २ लाख ५ हजार ६ सय ३४ गुनासो मध्ये २ लाख ५ हजार ५ सय ८४ गुनासो फर्छ्यौट गरेको थियो । 

वास्तविक भूकम्प प्रभावित लाभग्राही सूचिमा पर्नबाट वञ्चित हुन नपरोस भनी प्राधिकरणले केन्द्रमा दर्ता भएका गुनासोको आधारमा प्राविधिक इन्जिनियरहरुलाई पुर्नजाँच र पुनर्सर्वेक्षणको लागी भूकम्प प्रभावित जिल्लामा परिचालन गरी तथ्यांक संकलन कार्य समेत सम्पन्न गरिसकेको छ । 

गुनासो सम्बन्धी व्यवस्थालाई अझै सरलिकृत गर्न भन्दै प्राधिकरणले गुनासो व्यवस्थापन सम्बन्धी कार्यविधिलाई नै परिमार्जन गरी स्थानीय तहलाई नै गुनासो सुन्ने अधिकार प्रत्योजन गरेको थियो । 

प्राधिकरणले निजी आवास पुनर्निर्माणलाई तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्य अनुसार निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने समयसीमा समेत आउँदो असार मसान्तसम्मलाई निर्धारण गरिसकेको छ । प्राधिकरणले गुनासो सम्बन्धी विषयमा थप जानकारी चाहिएमा प्राधिकरणको पैसा नलाग्ने टेलिफोन नम्बर १६६०–०१–७२००० वा ९८०१५–७२१११ सम्पर्क गर्न सकिने जनाएको छ ।

यसैगरी बुधबारकै कार्यकारी समिति बैठकले एकीकृत बस्ती विकास सम्बन्धी कार्यविधि, २०७४ स्वीकृत गरेको छ । सह प्रवक्ता भुसालका अनुसार बैठकले निजी आवास पुनर्निर्माणलाई तीव्रता दिन प्राधिकरण, स्थानीय तह, गाँउपालिका महासंघसहितको सरोकावाला निकायको बैठकले  केही दिन अघि जारी गरेको २८ बुँदे घोषणापत्र कार्यान्वयनको मार्गचित्र समेत परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ । उज्यालो नेटर्वक







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top