मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जिल्ला विपद् समितिको बैठकः दैवि प्रकोप पीडितलाई तत्काल राहत उपलब्ध गराइने     मकवानपुरको मार्खुमा पहिरोः घरमै पुरिएर आमा छोरीको मृत्यु     भिमफेदी र हेटौंडा ५ का बिद्यालय तीन दिनका लागि बिदा     प्रदेश ३ सरकारको घोषणाः बाढी, पहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख दिइने     मकवानपुरमा बाढी,पहिरोमा परी तीनजनाको मृत्यु      मकवानपुरको थाहानगरमा बाढीले बगाएर मृत्यु, कैलाशमा पहिरोमा परी बेपत्ता     प्रदेश ३ सरकारले खाद्य प्रयोगशाला निर्माण गर्ने     हेटौँडाका मासु पसल आजबाट खुल्यो     मकवानपुरमा बगाएका ४ र पहिरोले पुरीएका १ जनाको उद्धार     प्रदेश ३ खेलकुद परिषदका पदाधिकारिहरुको हेटौंडामा सफथग्रहण     हेटौँडाबाट ८५ किलो लागूऔषध गाँजासहित थापा पक्राउ   

राष्ट्रिय समाचार

नेपालकै होचा कलाकार शाहको निधन


  • राष्ट्रिय समाचार
  • 6 पटक पढिएको
  • २०७४ कार्तिक ३० बिहीवार
काठमाडौं, कात्तिक ३० – नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ । ३१ इन्चमात्र कद भएका शाह केही दिनअघि ज्वरो आएर अस्पताल भर्ना भएका थिए । शाहको उपचारको क्रममा बिहिबार बिहान ७ बजे निधन भएको हो ।

नेपालकै होचा कलाकार शाहको निधन

 २०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका दिपेनले सारथी नामक चलचित्र बाट अभिनय यात्रा थालेका थिए । उनि हाँस्य चलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए । ज्वरो आएपछि अस्पताल भर्ना भएका दिपेनको मृगौलामा समस्या देखिएको बताइएको छ ।

दोलखा घर भएका कलाकार शाहले गिनिज बुक वल्ड रेकर्डमा संसारकै होचो कलाकारको रुपमा  आफ्नो दावी पेश गरेका थिए । केही समय अघि निर्माण भएको होचापुड्का कलाकारहरु अभिनित चलचित्र ‘सारथी’ मार्फत अभिनय यात्रामा लागेका शाहले गिनिज बुक वल्ड रेकर्डमा संसारकै होचो कलाकारको रुपमा दावी गरेका थिए।  उज्यालो नेटर्वक







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top