मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

पश्चिम सेती जलविद्युत आयोजना विद्युत प्राधिकरण र चीनको थ्रि गर्जेज कम्पनीले बनाउने


  • राष्ट्रिय समाचार
  • 4 पटक पढिएको
  • २०७४ कार्तिक ३० बिहीवार
काठमाडौं, कात्तिक ३० – सातसय ५० मेगाहर्जको पश्चिम सेती जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरण र चीनको थ्रि गर्जेज इन्टरनेश्नल कम्पनीले संयुक्त लगानीमा बनाउने भएका छन् ।

पश्चिम सेती जलविद्युत आयोजना विद्युत प्राधिकरण र चीनको थ्रि गर्जेज कम्पनीले बनाउने

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ र चाइना थ्रि गर्जेज इन्टरनेश्नल कर्पोरेशनका प्रतिनिधिले संयुक्त लगानी  सम्झौता जेभिएमा हस्ताक्षर गरेपछि पश्चिम सेत आयोजनाको काम अघि बढ्ने भएको छ । लगानी बोर्डले स्विकृती दिएको सम्झौतामा  हस्ताक्षर भएसँगै २० वर्षदेखि चर्चामा रहेको पश्चिम सेतीको काम सुरु हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो । 

कम्पनीमा नेपाल विद्युत प्राधिकरणको २५ र थ्रि गर्जेजको ७५ प्रतिशत शेयर रहने र स्थानियबासीलाई १० प्रतिशत शेयर दिने सम्झौतामा उल्लेख छ । प्राधिकरणले २५ प्रतिशत लगानी पनि जुटाउन नसकेमा चीनकै एक्जिम बैंकबाट सहुलियतपुर्ण ऋण लिन थ्रि गर्जेजले नै पहल गर्नेछ । 

सार्वजनिक निजी लगानीमा निर्माण हुने परियोजनाको  लगानी ६० अर्ब रुपैयाँ लाग्ने र त्यसको लागि बैदेशिक लगानी पनि स्विकृत भैसकेको छ । यो आयोजना अष्टे«लियन कम्पनीले १५ वर्ष ओगटेको थियो भने २०७१ को साउनबाट निर्माण सुरु गरी ०७६ को पुसमा सक्नेगरी प्राधिकरण र चाइना थ्रि गर्जेजबिच सहमती भए पनि विभिन्न कारणले परियोजना सुरु भएको थिएन । 

चिनियाँ कम्पनीले आयोजना स्थलसम्म पुग्ने सडक सुदृढीकरण, कर्मचारी आवास बनाउन, आयोजना स्थलको भौगर्भिक अन्वेषणका लागि ड्रिलिङलगायतका काम अहिले आफ्नै लगानीमा गरिरहेको छ । उज्यालो नेटर्वक







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top