मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

पाँच वर्ष चल्ने सरकार निर्माणका लागि वाम गठबन्धन : दाहाल


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
  • २०७४ कार्तिक ३० बिहीवार
कात्तिक ३० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ७० वर्षदेखिको राजनीतिक भुमरी अन्त्य गर्न वाम गठबन्धन बनाइएको जिकिर गरेका छन् ।

पाँच वर्ष चल्ने सरकार निर्माणका लागि वाम गठबन्धन : दाहाल

बिहीबार भैरहवामा आयोजित चौथो राष्ट्रिय व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा दाहालले पाँच वर्ष चल्ने सरकार निर्माणका लागि वाम गठबन्धन गरिएको बताए । राजनीतिक अस्थिरताका कारण मुलुकमा चाहेअनुरुपको विकास र स्थायित्व हुन नसकेको उल्लेख गर्दै उनले आर्थिक विकास र समृद्धिका लागि वाम गठबनधन उत्तम हुने दाबी गरे । उनले ९र९ महिनामा परिवर्तन हुने अस्थिर सरकारका कारण नेपालमा विकासले फड्को मार्न नपाएको बताए । 

उनले पछिल्लो समय वाम गठबन्धनप्रति जनतामा उत्साह थपिएको उल्लेख गर्दै चुनावपछि वाम गठबन्धनको सरकार निर्माण हुने जिकिर पनि गरे । काठमाडौंबाट हेलिकोप्टर चार्टर गरी रुपन्देही आएका दाहालले रुपन्देहीको समग्र पूर्वाधारका लागि आफू सधैं सकारात्मक रहेको बताए । महोत्सवलाई सम्बोधन गरेर यहाँबाट अध्यक्ष दाहाल फिस्टेल एअरको हेलिकोप्टरमार्फत् स्याङ्जामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न प्रस्थान गरे ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top