मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

कांग्रेसले बहुमत ल्याउँछ, चुनावपछि आफैं प्रधानमन्त्री बन्छु : प्रधानमन्त्री देउवा


  • राष्ट्रिय समाचार
  • 12 पटक पढिएको
  • २०७४ कार्तिक ३० बिहीवार
कैलाली, कात्तिक ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि आफैं प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।ज्योतिषले आफूलाई सातपटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको भन्दै उनले अझै तीनपटक प्रधानमन्त्री हुने जिकिर गरे ।

बिहीबार कैलालीमा पत्रकारहरुसँग उनले आसन्न चुनावमा कांग्रेसको बहुमत आउने र आफैं प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् । मुलुकमा अशान्ति फैलाउन वाम गठबन्धन गरिएको आक्षेप लगाउँदै उनले चुनावमा उनीहरुलाई हराइने दृढता व्यक्त गरे । बहुउद्देश्यीय पञ्चेश्वर र पश्चिम सेती परियोजनाको काम सुरु भइसकेको बताउँदै प्रधानमन्त्री देउवाले धनगढीसँग जोडिएको गौरिफन्टा नाकाको काम चाँडै अगाडि बढ्ने बताए ।

 सुदूरपश्चिममा २२ ओटा पुललगायत थुप्रै सडक पिच गर्ने काम आफ्नै पालामा भएको दाबी पनि उनले गरे । प्रधानमन्त्री देउवाले भएरहित वातावरणमा चुनावमा भाग लिइ आफ्नो पार्टीलाई पूर्णबहुमत दिन आग्रहसमेत गरे । देउवाले कैलालीको लम्कीमा पनि चुनावीसभालाई सम्बोधन गरेका थिए । इमेज खबरबाट







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top