मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

नेपालमा बामपंथी दलहरु मिल्नु देशको आवश्यकता र जनताको माग हो : दाहाल


  • समाज
  • 17 पटक पढिएको
  • २०७४ कार्तिक ३० बिहीवार
बामगठबन्धनका तर्फबाट मकवानपुरक्षेत्र नम्बर १ का उमेद्वार कृष्ण प्रसाद दाहालले नेपालमा बामपंथी दलहरु मिल्नु देशको आवश्यकता र जनताको माग भएको बताएका छन् । बुधबार हेटौंडा १३ निर्बाचन प्रचार प्रसार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै दाहालले समृद्ध नेपालका लागि समृद्ध मकवानपुर बामगठबन्धनको एजेण्डा भएको बताए ।

 यसैगरी कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ प्रदेश ख का उमेद्वार डोरमणी पौडेलले जनताको चाहना अनुसार हेटौंडाको बिकासमा भुमिका खेल्ने बताए । आफूहरुले योजना बनाएर विकास गर्ने लक्ष्य लिएको बताए । आफू यसअघि पनि नगरपालिकामा जनप्रतिनिधि भइसकेकाले जनताको चाहना बुझेर काम गर्ने क्षमता आफूमा भएको बताए । 

पूर्ब सांसद अनन्त पौडेलले आफू सांसद हुँदा पनि बिभिन्न बिकास निर्माण प्राथामिकतामा रहेकोले अबका बामगठबन्धनका उमेद्वारले पनि बिकास निर्माणलाई प्राथामिकतामा राख्ने बताए । बाम गठबन्धनको जितले बिकास निर्माण सुनिश्चित हुने उनको भनाई थियो । 

निर्बाचन परिचालन कमिटि हेटौंडा १३ का संयोजक मनोजकुमार वाइवाको सभाध्यक्षतामा भएको कार्यक्रममा एमालेकी समानुपातिक उमेद्वार जुनेली श्रेष्ठ, एमाले मकवानपुरकी सचिब एबम् हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, क्षेत्र नम्बर एक निर्बाचन परीचालन कमिटि सहसंयोजक भिम पाख्रिन, एक नम्बर प्रदेश ख का संयोजक श्रीधर पोखे्रल, सहसंयोजक बालकृष्ण चौलागार्इं, एमालेका प्रदेश सल्लाहकार चन्द्र मोक्तान, युवा संघका केन्द्रिय कोषाध्यक्ष एबम् भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, एमाले जिल्ला सदस्य फूर्वा दोर्जे लामा, माओबादि केन्द्रका जिल्ला सदस्य श्याम थिङ, ललित घलानलगायतको सहभागिता थियो ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top