मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

मकवानपुरको मनहरीमा खुकुरी हानी तीनको हत्या


  • समाज
  • 1 पटक पढिएको
  • २०७४ कार्तिक २८ मंगलवार
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–७, बिजौना, सामिलडाँडामा एक युवकले खुकुरीले हानेर तीन जनाको हत्या गरेको छ । मंगलबार साँझ सामिलडाँडाका सुमन बराईलीले ५२ वर्षीय राधाकृष्ण धिताल, धितालका १७ वर्षीय छोरा सुजन धिताल र ६५ वर्षीय वृद्ध जीतबहादुर ब्लोनको हत्या गरेको छ ।

बराईलीले अन्धाधुन्दा आक्रमण गर्दा राधाकृष्ण धितालको मनहरीस्थित प्राथमिक स्वास्थ्य चौकी लैजाने क्रममा मृत्यु भएको हो । सुजन र जीतबहादुरको भने उपचारका क्रममा चितवन लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्र घलेले जानकारी दिनुभयो । आक्रमणकारी बराईलीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । बराईलीले छिमेकी धितालका बाबुछोरा र अर्का वृद्ध ब्लोनको किन हत्या गर्यो भन्ने अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घलेले जानकारी दिनुभयो ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top