मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

अहिलेका अबस्थामा बाम एकता आबश्यक: पुर्ब सांसद पौडेल


  • समाज
  • 7 पटक पढिएको
हेटौंडा ९ मा वाम गठबन्धनको प्रचारप्रसार कार्यलयको आज कार्यलय उद्घाटन गरिएको छ । कार्यलयको पूर्ब साँसद अनन्त पौडेल, मकवानपुर क्षेत्र नम्बर एकका उमेद्वार कृष्ण प्रसाद दाहालले उद्घाटन गरेका छन् ।

अहिलेका अबस्थामा बाम एकता आबश्यक: पुर्ब सांसद पौडेल

कार्यक्रममा बोल्दै पुर्ब सांसद पौडेलले अहिलेका अबस्थामा बाम एकता आबश्यक भएको बतएका छन् । बाम एकता बिना मुलुकको बिकास सम्भब नहुने उनको भनाई थियो । यस्तै क्षेत्र नम्बर एकका उमेद्वार दाहालले बाम गठबन्धनको जित कसैले रोकेर रोक्न नसक्ने स्पष्ट पारे । अबको अभियान नै स्थायी बाम सरकार निर्माण अभियान भएकोले बाम बगबन्धनलाई भोट हाल्न आग्रह पनि गरे । कम्युनिष्टको सरकार आए अधिनायकबाद आउँछ भनेर काँग्रेस र राप्रपाले जनतामाथि भ्रम छरेकोमा  ध्यानकर्षण भएको बताए । कार्यक्रममा बोल्दै क्षेत्र नम्बर एक प्रदेश ख का उमेद्वार डोरमणी पौडेलले काँग्रेस सँग जनताले आश गर्न छोडेकाले पनि अब बन्ने बाम सरकार जनताको रोजाई भएको बताए । ९ नम्बर वडाका निर्बाचन परीचालन समितिका संयोजक तिलक अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा एमाले का उपाध्यक्ष बद्रि लम्साल, क्षेत्र नम्बर १ का निर्बाचन परीचालन कमिटि सहसंयोजक भिम पाख्रिन, प्रदेश ख का निर्बाचन परीचालन कमिटि का संयोजक श्रीधर पोख्रेल, सहसंयोजक बालकृष्ण चौलागाई,  एमालेकी समानुपातिक उमेद्वार जुनेली श्रेष्ठ, ९ नम्बरका वडाध्यक्ष लक्ष्मण भण्डारी,  ९ नम्बर वडाका निर्बाचन परीचालन कमिटि सहसंयोजक प्रकास पौडेल, तिर्थ थपा, सूर्य बहादुर स्याङतान, युवा संघका नरेन्द्र भण्डारीलगायत सहभागि थिए ।























Copyright © 2017, All Rights Reserved ! Powered by :
Top