मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

२५ मिटरभित्रको संरचना हटाउन सडक डिभिजनले पु:न सूचना निकाल्यो


  • समाज
  • 340 पटक पढिएको
  • २०७४ कार्तिक २७ सोमबार
डिभिजन सडक कार्यालय मकवानपुर हेटौंडाले सडकको दायाँबायाँ सडक सिमा भित्र बनेका घर टहरा हटाउन पुन सुचना प्रकाशन गरेको छ । डिभिजन सडक कार्यालयले समय सिमा नतोकिकन घरटहरा हटाउन सुचना प्रकाशन गरेको छ ।

२५ मिटरभित्रको संरचना हटाउन सडक डिभिजनले पु:न सूचना निकाल्यो

कमार्यालयले राष्ट्रिय स्तरको दैनिक पत्रिका अन्नपूर्ण पोष्ट दैनिकको आजको अङकमा घर हटरा हटाउन भन्दै सूचना निकालेको हो । सूचनामा डिभिजन सडक कार्यालय हेटौंडा अन्तर्गत पर्ने पूर्व पश्चिम लोकमार्ग तथा त्रिभुवन राजपथको दायाँबायाँका संरचना यथा सक्के छिटो हटाउन भनिएको छ । नहटाएदेखि सडक ऐन बमोजिम कारबाहि भइजाने कुरा पनि सूचनामा उल्लेख गरीएको छ । यसअघि पनि डिभिजन सडक कार्यालयले सडकको दायाँबायाँको २५÷२५ मिटर भत्काउन काम सुरु गरेको थियो । तर, यसबारे अदालतमा मुद्धा परेपछि काम रोकिएको थियो । अहिले पनि सडकको दाया बाँया २५ मिटर फराकिलो पार्ने बिषयमा अदालतमा मुद्धा चलीरहेको छ । अदालतमा मुद्धा चलीरहेकै बेला सडक डिभिजन कार्यालयले आजको अन्नपुर्ण पोष्ट दैनिकमा सडकको दायाँबाँया बनेका द्दरटहरा हटाउन सुचना प्रकाशन गरेको छ । यस बारेमा डिभिजन सडक कार्यालयका सूचना अधिकारी जयराम अधिकारीले नियमित प्रकृया अनुसार सूचना जारी भएको बताउनुभयो । वाहाका अनुसार सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउने काम सडकको कार्यक्षेत्रभित्रको काम भएको बताउनुभयो । हेटौडा बजार क्षेत्रको बिषयमा सुचना अधिकारी अधिकारीले अदालतमा मुद्धा चली रहेका कारण काम रोकिएको बताउनुभयो । अदालतको फैसला कुरेर बसेका हौ, अदालतको फैसला के आउछ त्यसै अनुसार काम अगाडी बढ्ने बाहाको भनाई रहेको छ । अदालतको फैसला अनुसार राजपत्रमा प्रकाशन भए अनुसार काम अगाडी बढ्ने बाहाले बताउनुभयो । अदालतमा करीब १०० जनाले सडक डिभिजन कार्यालय बिरुद्ध म’द्धा दर्ता गरेका छन ।  अदालतको फैसला कुरेर बसेकाबेला यि दुबै राजमार्गको दायाँबायाँ फेरी संरचनाहरु निर्माण हुन थालेपछि यो सूचना आएको सडक कार्यालयको भनाइ छ । यसअघि मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले हेटौंडाको सडक विस्तार गरेमात्र हेटौंडाको भविश्य उज्जवल हुने भन्दै सडक फराकिलो पार्ने अभियानलाई तिब्रता दिएका थिए । तर, बीचमा उनको सरुवा भएपछि र २५ मिटरका सम्बन्धमा अदालतमा मुद्धा परेपछि सडक फराकिलो पार्ने काम रोकिएको थियो । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top