मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल   

राष्ट्रिय समाचार

हिन्दूराष्ट्रको माग गर्दै राप्रपा राष्ट्रवादीद्वारा पशुपतिमा विशेष पूजा


  • राष्ट्रिय समाचार
  • 2 पटक पढिएको
  • २०७४ कार्तिक २७ सोमबार
काठमाडौं, कात्तिक २७ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले मुलुकमा हिन्दूराष्ट्रको माग गर्दै पशुपतिनाथको मन्दिरमा विशेष पूजा गरेको छ ।

हिन्दूराष्ट्रको माग गर्दै राप्रपा राष्ट्रवादीद्वारा पशुपतिमा विशेष पूजा

सोमबार पार्टी अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले मन्दिर परिसरमा पूजा शुभारम्भ गर्दै मुलुकमा पाँच हजार वर्ष पुरानो हिन्दू सभ्यता र संस्कृतिको अभ्यासलाई निरन्तरता दिन हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष लोहनीले देशमा बढ्दै गएको वैदेशिक हस्तक्षेपलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिँदै राष्ट्रिय चरित्र भएका संस्था र राष्ट्रवादी दलकाबीच समन्वय गरी मुलुकको राष्ट्रियता बलियो बनाउने र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने उद्देश्यले आफ्नो पार्टीले विभिन्न कार्यक्रम सन्चालन गरेको जानकारी गराए । पूजामा पार्टीका पदाधिकारी, नेता तथा कार्यकर्ताको सहभागिता थियो ।  रासस







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top