मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल   

राष्ट्रिय समाचार

बूढीगन्डकी जलविद्युत्त आयोजनाको निर्माणसम्बन्धी सम्झौता खारेज


  • राष्ट्रिय समाचार
  • 3 पटक पढिएको
  • २०७४ कार्तिक २७ सोमबार
काठमाडौं, कात्तिक २७ । बूढीगन्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय सरकारले खारेज गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग भएको सम्झौता खारेज गर्ने निर्णय गरेको हो । बैठक सकिएलगत्तै उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले ट्वीट गर्दै बूढीगन्डकी जलविद्युत् आयोजना निर्माणको सम्झौता खारेज गर्ने निर्णय भएको जानकारी दिए ।

नेपाली कांग्रेसको सहयोगमा बनेको माओवादी केन्द्र नेतृत्वको तात्कालीन सरकारले बूढीगन्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरेको थियो ।

सरकारी निर्णयको चौतर्फी आलोचना भएपछि वर्तमान सरकारले तत्कालीन निर्णय खारेज गर्ने निर्णय गरेको हो । संसदीय समतिहरुलेसमेत उक्त निर्णय सच्चाउन सरकारको ध्यानाकर्षण गराएका थिए । बूढीगन्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णयप्रति नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले असहमति जनाउँदै आएका थिए ।तर, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मन्त्रिपरिषद बैठकमा कुनै निर्णय नगरेको भन्दै यससम्बन्धी सूचना नै दिएनन् ।मन्त्री कार्कीले बैठकले औपचारिक कुनै निर्णय नगरेको र सरकारका काम–कारबाहीका विषयमामात्र छलफल भएको जानकारी दिए । रासस







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top