मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल   

राष्ट्रिय समाचार

वाम गठबन्धनबाट देशले सुख पाउँदैन : रवीन्द्र मिश्र


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
  • २०७४ कार्तिक २६ आइतवार
काठमाडौं, कात्तिक २६ – विवेकशील साझा पार्टीका संयोजक तथा काठमाडौंको क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार रवीन्द्र मिश्रले वाम गठबन्धनबाट देशले सुख नपाउने बताउनुभएको छ ।

वाम गठबन्धनबाट देशले सुख पाउँदैन : रवीन्द्र मिश्र

मिश्रले पार्टीको ललितपुरको एक चुनावी कार्यक्रममा बोल्दै राम्रा राम्रा पार्टी मिले नागरिकले सुख पाउने बताउनुभयो । तर उहाँले वामका नाममा नराम्रा पार्टी मिलेका कारण वाम गठबन्धनबाट दुख मात्रै पाउने  बताउनु भएको हो । 

विविसी नेपालीका पूर्व सम्पादक समेत रहनुभएका मिश्रले देशलाई समृद्धितर्फ लाग्न अनुभव मात्र नभई सम्बन्धीत क्षेत्रमा ज्ञान र प्रतिभा पनि हुनुपर्ने बताउनुभयो । विवेकशील साझाका ललितपुर क्षेत्र नं. ३ (ख)का प्रदेशसभाका प्रत्यक्ष तर्फका उम्मेदवार तथा युवा नेता सुरेस राज शाक्यले आफू नेपाल आमाको दयनीय अवस्था देखेर राजनीतिमा आएको बताउनुभयो । उहाँ प्रदेशसभा चुनावमा सबैभन्दा कान्छा उम्मेदवार हुनुहुन्छ ।

कार्यक्रमा मिश्रसँगै विवेकशील साझाका प्रवक्ता डा. सूर्यराज आचार्य, शोभा शाक्य, इन्दिरा काफ्ले, रमेशकुमार बस्नेतलगायतका नेताहरुको उपस्थिती थियो । उज्यालोबाट







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top