मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल   

राष्ट्रिय समाचार

वर्षमान पुनलाई लक्षित गरी फेरि गोली प्रहार


  • राष्ट्रिय समाचार
  • 4 पटक पढिएको
  • २०७४ कार्तिक २६ आइतवार
कात्तिक २६ – माओवादी केन्द्रका नेता तथा रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन अनन्तलाई लक्षित गरी आइतवार रोल्पामा गोली प्रहार भएको छ ।दुई खोली गाउँपालिकाको बाघमारामा आयोजित चुनावी सभामा भाग लिन जाने क्रमम केवरी खोलाको जंगलमा दिउसो अपरिचित व्यक्तिको समूहले गोली हानेको प्रहरीले जनाएको छ । पुनलार्इ लक्षित गरी लगातार फायरिङ भएपछि पुनका सुरक्षाकर्मीले जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।

वर्षमान पुनलाई लक्षित गरी फेरि गोली प्रहार

दुईखोली गाउँपालिकाकै राङ्सीमा चुनावी कार्यक्रम सकेर बाघमारातर्फ जाँदै गर्दा भीरबाट ढुंगामुढा समेत भएको थियो । ढुंगामुढापछि सुरक्षाकर्मीले १० राउण्ड फायरिङ गरेका थिए । चुनावी प्रचारमा पुनसँग रोल्पाका बाम  गठबन्धनका अन्य उम्मेदवार तथा नेताहरु पनि थिए । पुन चढेको गाडीलाई लक्षित गरेर शनिबार पनि माडी गाउँपालिकामा एम्बुस अर्थात विद्युतीय धराप विष्फोट गराइएको थियो । एम्बुुसमा परेर पुन चढेको गाडीमा क्षति पुगेको थियो । 

शनिबार एम्बुस थाप्ने तथा आइतबार गोली हान्ने समूह पत्ता लाग्न नसकेको भए पनि प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको संलग्नता रहेको आशंका गरेको छ । पुनकै निर्देशनमा आफ्ना केहि कार्यकर्तालाई रोल्पामा नै प्रहरीले पक्राउ परेको भन्दै नेकपा पुनप्रति आक्रामक छन् । उज्यालोबाट







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top