मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 कांग्रेसले गर्याे संसद् अवरोध     मुलुकको शान्ति प्रक्रियामा अवरोध नगर्न प्रधानमन्त्री ओलीको चेतावनी     राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत     बिराटनगरमा तनाब     लैङ्गीक मुल प्रबाहिकरको सवालमा पुरुष महिला संङ्गै एक हुनुपर्नेमा जोड      स्थानीयको विरोधपछि हेटौंडाको बसपार्कमा तौलपुलको लागि खनिएको खाडल पुरियो     नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित     बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !     अमेरिकामा हिमआँधीका कारण एक प्रहरीसहित १० को मृत्यु, लाखौँ घर बिजुली विहीन     मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता     सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग   

अन्तराष्ट्रिय समाचार

साउदी अरेबियालाई लेबनानको प्रश्न, ‘हाम्रा प्रधानमन्त्रीको अवस्था के छ ?’


  • अन्तराष्ट्रिय समाचार
  • 187 पटक पढिएको
  • २०७४ कार्तिक २६ आइतवार
कात्तिक २६ – लेबनानका राष्ट्रपति मिसेल आउनले प्रधानमन्त्री साद अल–हरिरीको अवस्थाका बारेमा जानकारी दिन साउदी अरेबियासँग आग्रह गर्नुभएको छ । लेबनानका प्रधानमन्त्री अल–हरिरीले गएको शनिबार रियादको एक टेलिभिजनमार्फत आफूले राजीनामा दिएको घोषणा गर्नुभएको थियो । राष्ट्रपति आउनले हप्तादिन भइसक्दा पनि राजीनामा स्वीकार गर्नुभएको छैन ।

साउदी अरेबियालाई लेबनानको प्रश्न, ‘हाम्रा प्रधानमन्त्रीको अवस्था के छ ?’

इरान तथा उसको साथमा रहँदै आएको लेबनानको शक्तिशाली शिया अभियानका नेताले साउदी अरेबियाले लेबनानी प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य पारेको र उहाँलाई बन्धक बनाएर राखेको तथा लेबनान विरुद्धको युद्धको घोषणा गरेको आरोप लगाएका छन् । हेजबुल्लाह नेता हसन नर्सलाहले शुक्रबार साउदी अरेबियाले इजरायललाई लेबनान विरुद्ध उक्साएको आरोप पनि लगाउनु भएको हो । हेजबुल्लाह नेता नर्सलाले साउदी अरेबियाले अल–हरिरीलाई उहाँको इच्छा विपरित आफ्नो देशमा राखिरहेको बताउनुभएको छ । हेजबुल्लाह शिया अभियान निकै शक्तिशाली मानिँदै आएको छ र यसको यसलाई इरानको साथ रहेको छ । 

साउदी अरेबियाको इरानसँगको सम्बन्ध राम्रो छैन । त्यसको बदला लिनका लागि लेबनानका प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य पारेको तथा लेबनानसहितको क्षेत्रमा युद्धको सुरुवात गरेको हेजबुल्लाह नेताले आरोप लगाएका छन् । लेबनानका राष्ट्रपति मिसेल आउन तथा अरु शीर्ष राजनीतिकज्ञले अल–हरिरीलाई लेबनान पठाइनु पर्ने माग गर्दै आएका छन् । साउदी अरेबियाले यसबारे अहिलेसम्म केही बताएको छैन । उज्यालोबाट







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top