मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल     क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल     प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने     हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय     मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो     मुख्य न्यायधिवक्ता थपलियाद्वारा प्रदेश प्रमुख कोइराला समक्ष प्रतिवेदन प्रस्तुत   

अन्तराष्ट्रिय समाचार

इराकमा ४०० जनाको सामूहिक चिहान भेटियो


  • अन्तराष्ट्रिय समाचार
  • 3 पटक पढिएको
  • २०७४ कार्तिक २६ आइतवार
कात्तिक २६ – इराकमा कम्तिमा चार सयजनाको सामूहिक चिहान भेटिएको छ । इराकको हाविजा शहरमा कम्तिमा चार सयजनाको एकै ठाउँमा शव भेटिएको बिबिसीले जनाएको छ ।

इराकमा ४०० जनाको सामूहिक चिहान भेटियो

सन् २०१३ देखि इस्लामिक स्टेट आइएसको  नियन्त्रणमा रहेको यो शहर गएको महिना इराकी सेनाले नियन्त्रण कायम गर्न सफल भएको थियो । किर्कुक शहरका गभर्नर रकान सइदले शहरको एयर बेसमा सामूहिक चिहान फेला परेको जानकारी दिनुभयो ।

प्रत्यक्षदर्शी एक स्थानीय बासिन्दाले देखाइ दिएपछि इराकी सेनाले सामूहिक चिहान भेटेको हो ।  चिहानमा केही शव सामान्य कपडा लगाएको अवस्थामा र केही शव आइएसले मृत्युदण्ड दिँदा लगाइदिने कपडा जम्पसुट लगाएको अवस्थामा भेटिएको छ ।

इराकी सेनाले आइएस लडाकु नियन्त्रित क्षेत्रमा दर्जनौँ सामूहिक चिहान फेला पारिसकेको छ । गएको वर्ष ७२ वटा सामूहिक चिहान फेला परेको थियो । ती चिहानभित्र ५ हजार २ सयदेखि १५ हजारसम्म शव हुनसक्ने अनुमान गरिएको थियो । उज्यालोबाट







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top