मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
  • २०७४ कार्तिक २४ शुक्रवार
काठमाडौं, कात्तिक २४ – चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संविधानको धारा ११४ को उपधारा १ बमोजिम चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो ।

अध्यादेश प्रमाणीकरण भएपछि अब काठमाडौं उपत्यकामा दश बर्षसम्म निजी मेडिकल कलेज खोल्न पाइने छैन । यस्तै एउटै विश्वविद्यालयले पाँच वटा भन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन पनि पाउने छैनन् । 

सम्बन्धन लिएका शिक्षण संस्थाले स्नात्तकोत्तरका कार्यक्रममा कम्तीमा ७५ प्रतिशत निशुल्क छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने छ । छात्रवृत्तिमा  पढेका विद्यार्थीले दुर्गम जिल्लामा कम्तीमा चार वर्ष काम गर्नुपर्ने व्यवस्था पनि अध्यादेशले गरेको छ । 

यस्तै स्वास्थ्य मन्त्रालय र चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड पूरा नगरेका र अस्पताल सञ्चालन गरेको ३ वर्ष पूरा नगरेका स्वास्थ्य संस्थाले सम्वन्धन पाउने छैनन् । संसदमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले असहमति जनाएपछि स्वास्थ्य शिक्षा सम्बन्धीको यो कानुन अघिल्लो संसदबाट पारित हुन सकेको थिएन । 

संसद विघटन भएपछि कात्तिक ६ गते मन्त्रीपरिषद बैठकले अध्यादेशमार्फत चिकित्सा शिक्षा विधेयक ल्याएको हो । । सरकारले अध्यादेशमार्फत भए पनि विधेयक ल्याउने प्रतिबद्धता गरेपछि डा. केसीले १३ औँ चरणको अनसन तोड्नु भएको थियो । 

केदारभक्त माथेमा नेतृत्वको कार्यदलको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा अध्यादेश सरकारले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिएको थियो । तर राष्ट्रपतिले यो अध्यादेश प्रामाणीकरण गर्न आनाकानी गरेपछि डाक्टर केसीले फेरि अनसन बस्ने चेतावनी दिनुभएको थियो । एमाले र माओवादी केन्द्रले अध्यादेश प्रमाणीकरण नगर्न राष्ट्रपति भण्डारीलाई दवाव दिँदै आएका थिए । उज्यालोबाट  







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top