मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

मंसिरमा हुने चुनावका लागि २२ लाख मात्र परिचयपत्र छापियो


  • राष्ट्रिय समाचार
  • 4 पटक पढिएको
  • २०७४ कार्तिक २४ शुक्रवार
कात्तिक २४ – निर्वाचन आयोगले पुराना मतदाताका लागि मंसिरमा हुने चुनावका लागि परिचयपत्र नछाप्ने भएको छ । पहिलो चरणमा मंसिर १० र दोस्रो चरणमा २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि नयाँ मतदाताको मात्र परिचयपत्र छापिने भएको हो । गएको स्थानीय तहको चुनावमा मतदाता नामावलीमा नाम रहेका र परिचयपत्र लिइसकेका मतदाताका लागि आयोगले फेरि परिचयपत्र वितरण नगर्ने प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

स्थानीय तहका चुनावमा भोट खसालेका मतदाताले पुरानै परिचयपत्रका आधारमा भोट खसाल्नुपर्ने ढकालको भनाइ छ । मतदातको सहजका लागि आयोगले सरकारी निकायबाट जारि भएको कुनै पनि आधिकारिक परिचयपत्रका आधारमा भोट खसाल्ने सुविधा दिएको छ । आयोगले नयाँ थपिएका र स्थानान्तरण भएका मतदाताको मात्र परिचयपत्र छाप्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । ‘नयाँ थपिएका करिब १४ लाख र स्थानान्तरण भएका ८ लाख गरि २२ लाख परिचयपत्र छापेर सकिन लागेको छ । आइतबारसम्म सबै तयार भइसक्छ, प्रवक्ता ढकालले भन्नुभयो । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि देशरभारबाट एक करोड ५४ लाख मतदाता छन् । उज्यालोबाट







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top