मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

पुनर्निर्माण प्राधिकरण प्रमुख भूसालद्वारा अमेरिकी कार्यबाहक राजदूतसँग भेट


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
  • २०७४ कार्तिक २३ बिहीवार
काठमाडौं, कात्तिक २३ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भूसालले बिहीबार अमेरिकी कार्यबाहक राजदूत सहितको प्रतिनिधिमण्डलसँग भेट गर्नुभएको छ ।

अमेरिकी राजदूतावासका चार्च डि अफेयर्स गोञ्जालेजले कार्यभार सम्हालेकोमा सिइओ भूसाललाई बधाई दिंदै पुनर्निर्माणका प्राथमिकताबारे जिज्ञासा राख्नुभएको थियो । जवाफमा सीइओ भूसालले आफ्नो जोड व्यवस्थापन र समन्वयमा हुने बताउनुभयो । 

उहाँले विगतमा नेपाल सरकारका विभिन्न निकायको नेतृत्व तहमा रहेका काम गरेको अनुभवको सदुपयोग गर्दै पुनर्निर्माण प्रक्रियालाई गति दिने कुरामा विश्वस्त रहेको धारणा व्यक्त गर्नुभयो । 

सिइओ भूसालले स्थानीय तहका जनप्रतिनिधिहरुसँगको समन्वय, पर्याप्त जनशक्तिको व्यवस्थापन, भूमिमा स्वामित्व नभएका भूकम्पपीडितको समस्या समाधान, स्थानान्तरणको सवालमा छनौटको अवसर दिई जेठ मसान्तअघि ६० प्रतिशतलाई सुरक्षित आवासमा सार्ने लक्ष्य रहेको पनि जानकारी दिनुभयो । 

चार्च डी अफेयर्स गोञ्जालेजले पुनर्निर्माणको गतिमा तीवता आउँदा पारदर्शिता, समानता, समावेशिकरण र गुणस्तरमा सम्झौता गर्न नहुने धारणा राख्दै आफूसँग भएको स्रोतबाट प्राधिकरणलाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।

उहाँले प्राधिकरणले राजनीतिक र कर्मचारीतन्त्रीय चुनौतीहरुको सामना गरिरहेको अनुभूति आफूलाई भएको मत पनि राख्नुभयो । गोञ्जालेजको जिज्ञासाको जवाफ दिंदै सीइओ भूसालले आफू कुनै राजनीतिक दलको व्यक्ति नभएकोले सबै दलको उत्तिकै सहयोग पाउने र समयमै पुनर्निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासका कार्यबाहक राजदूत चार्च डी अफेयर्स माइकल गोञ्जालेजको नेतृत्वमा आएको टोलीमा युएसएड मिसनका निर्देशक पिटर मल्नाक, युएसएडकै डिजास्टर रिस्क रिडक्सन, रिकन्ट्रक्सन एण्ड रिसाइलेन्स अफिस निर्देशक लउरिन रेगनको पनि सहभागिता थियो ।  ujyaaloonline 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top