मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल   

राष्ट्रिय समाचार

एमाले र माओवादी मिल्दा कोही चिच्याउन आवश्यक छैन : ओली


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
  • २०७४ कार्तिक २१ मंगलवार
काठमाडौं, कात्तिक २१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको लोकतन्त्रप्रतिको प्रतिबद्धतामा कसैलाई शंका नगर्न आग्रह गर्नुभएको छ । उहाँले वाम एकतालाई नराम्रो नजरले हेर्नु ठीक नहुने बताउनुभयो, ‘कांग्रेस र माओवादी मिल्दा लोकतन्त्रसम्मत हुने र एमाले र माओवादी मिल्दा चाँही लोकतन्त्र खतरामा हुने । यहाँ कोही चिच्याउन आवश्यक छैन ।’ मंगलबार वाम गणबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा उहाँले आफूहरुको लोकतन्त्रप्रतिको प्रतिबद्धतामा कसैले शंका गर्नु नपर्ने बताउनुभयो । ‘दुनियाँलाई पत्याउन गाह्रो पर्ने काम गरेर आएका हामी दुई पार्टी एक भएका छौँ । भन्नका लागि मात्र होइन हामी देश बनाउनका लागि मिलेका हौँ, हाम्रो घोषणापत्र देश सम्बृद्ध बनाउने योजना हो’ उहाँले भन्नुभयो, ‘लोकतन्त्रप्रतिको हाम्रो निष्ठामाथि कसैले आशंका नगरे हुन्छ । हामीलाई लोकतन्त्र कसैले ल्याइदिएको होइन । झगडा गर्यो भने लोकतन्त्र बलियो हुने । मिल्यो भने कमजोर हुने यो कस्तो विचार हो ?’

एमाले र माओवादी मिल्दा कोही चिच्याउन आवश्यक छैन : ओली

उहाँले वाम गठबन्धनले सार्वजनिक गरेको चुनावी घोषणापत्र संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्यसँग मेल खाने बताउनुभएको छ । ‘हाम्रो घोषणापत्र सन् २०३० सम्मको संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्यसँग मेल खान्छ । अबको १३ वर्षभित्र नेपाललाई विकासशील राष्ट्रको अवस्थामा पुर्याउँछौँ । यो राष्ट्र निर्माणको घोषणापत्र हो । चुनावी घोषणा पत्र मात्र होइन’ उहाँले भन्नुभयो ।  उज्यालो







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top