मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

पुनर्निर्माणबारे के छ घोषणापत्रमा ?


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
  • २०७४ कार्तिक २१ मंगलवार
काठमाडौं, कात्तिक २१ – गाउँबस्ती नै चुनावमय भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको सरगर्मी बढ्दै गएको छ । भूकम्प प्रभावित जिल्लाका अस्थायी छाप्रामा समेत दलका झण्डा फरफराउन थालेका छन् । दलका उम्मेदवारले पुनर्निर्माणको आशा बाँडेर भोट माग्दैछन् । चुनावकै लागि दलहरुले विभिन्न एजेण्डासहितको घोषणापत्र सार्वजनिक गरेका छन् । अबको निकास आर्थिक विकास, सबैका लागि समृद्धि मुख्य नारा राखेर नयाँशक्ति पार्टी, नेपालले सबैभन्दा पहिला घोषणापत्र सार्वजनिक गरेको छ । नयाँशक्ति पार्टीले प्रतिबद्धतापत्रमा भूकम्पपछिको पुनर्निर्माण र विपद व्यवस्थापन सम्बन्धित विशेष योजना शिर्षकमा पुनर्निर्माणलाई समेटेको छ ।

नयाँशक्तिको प्रतिवद्धता पत्रमा परेका पुनर्निर्माणका एजेण्डा :

  • १ भूकम्प प्रभावितका लागि विशेष योजना मार्फत एक वर्षभित्र क्षतिग्रस्त बस्तीहरु तथा सार्वजनिक भवनको पुनर्निर्माण गरिसक्ने ।
  • २ सरकारको तर्फबाट प्रभावित परिवारलाई एकमुष्ट पाँच लाख रुपैयाँ तत्काल अनुदान दिने व्यवस्था मिलाउने ।
  • ३ कम व्याजदरमा ऋण तथा कर छुट दिएर भूकम्प प्रभावितलाई उद्यम, व्यवसाय गर्न सरकारले सहयोग गर्ने ।
  • ४ बाढी, पहिरो, आगलागी जस्ता विपद्मा परेकाहरुको व्यवस्थापनका लागि विपद व्यवस्थापन कोष निर्माण गर्ने ।
  • ५ प्रदेश ३ को काठमाडौं भक्तपुर ललितपुरको ऐतिहासिक धार्मिक तथा पुरातात्विक सम्पदा संरक्षण र पुनर्निर्माणमा विशेष तदारुकता अपनाइने ।
  • नयाँशक्ति पार्टीले कांग्रेससँग चुनावी तालमेल गरेको छ । लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेसले पनि घोषणापत्रमा पुनर्निर्माणको कुरा उठाएको छ ।

    उसले भूकम्पपछिको पुनर्निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकै दुर्वलता भएको टिप्पणी गर्दै संस्थागत सुधार गरी तोकिएकै समयमा पुनर्निर्माण सक्ने दाबी गरेको छ । आउँदो आठ महिनाभित्र सबै निजी घरको निर्माण पूरा गर्ने कांग्रेसले वाचा गरेको छ । कांग्रेस र नयाँ शक्ति दुवैको घोषणापत्रमा पुनर्निर्माण र विपद् व्यवस्थापन कोष बनाउने उल्लेख छ ।

  • कांग्रेसका योजना :

    • १ स्थानीय, प्रदेश र केन्द्र सरकारले आफ्नो गाउँ, नगरमा विपद्को जोखिम आँकलन, जोखिम क्षेत्रको नक्साङ्कन, स्थानान्तरण र विपद्को पूर्व तयारी गर्ने कामलाई विशेष प्राथमिकता दिनेछ । विपद व्यवस्थानमा संघ, प्रदेश र स्थानीयसँग सहकार्य गरी बाढी, पहिरो, चट्याङ, हावाहुरी, आगलागी, खडेरी, शीतलहर, हिमपात, अतिवृष्टि र भूकम्प जस्ता कारणको आँकलन गर्दै विपदबाट हुने नकारात्मक प्रभावलाई घटाउन वा हटाउन आवश्यक योजना सरकारले बनाउनेछ । 
    • २ विपद व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन प्रादेशिक र स्थानीय विपद्कोषको स्थापना गरिनेछ । 
    • ३ जनचेतना जगाउने र पूर्व सूचना प्रवाह गर्ने कार्ययोजना सहित विद्यालयमा आफ्नो क्षेत्रको विपद्जोखिम बारे जानकारी दिन र सुरक्षित हुन आवश्यक तालिम दिइनेछ । 
    • ४ सुरक्षित बस्ती विकास, भवन संहिता अनुसारको सुरक्षित भवन निर्माण कार्यलाई कार्यान्वयन गरिनेछ । 
    • ५ यस वर्ष तराई मधेशमा आएको बाढी र ढुवानको समस्याले गरेको क्षति उचित संबोधन गर्दै वर्तमान पुनर्निर्माण प्राधिकरणभित्रै नयाँनिकायको गठन गरी जिम्मेवारी प्रदान गरिनेछ । 
    • वाम गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रको संयूक्त घोषणापत्रमा पनि पुनर्निर्माण मुख्य प्राथमिकतामा परेको छ । वाम गठबन्धनले सरकार बनेको एक बर्षभित्र सबै भूकम्प प्रभावितलाई घर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । घर बनाउँदा सम्बन्धित परिवार र गाउँका श्रमिकले काम गर्ने व्यवस्था लागू गर्ने उल्लेख छ ।

      घोषणापत्र मस्यौदा समितिका सदस्य विश्वभक्त दुवालले पुनर्निर्माणमा निर्माण सामग्री समेत स्वदेशमै उत्पादित प्रयोग गरिने बताउनुभयो । भत्केका घर बाहेक पुरातात्विक सम्पदा र क्षति भएका अरु संरचनाको पुनर्निर्माण अनि विपद व्यवस्थापन संयन्त्र निर्माण मुख्य दलको एजेण्डा छ । लोकतान्त्रिक र वामगठबन्धन दुबैले तराईमा बाढीले गरेको क्षतिलाई पनि संबोधन गर्ने भनेका छन् । 

    • वाम गठबन्धनका योजना :

      • १ ऐतिहासिक तथा पुरातात्विक संरचनालाई भूकम्प प्रतिरोधी बनाई संरक्षित गरिने ।
      • २ सुरक्षित र एकीकृत बस्ती विकासका लागि उपयूक्त स्थान खोजी सकेसम्म धेरै परिवार बसोवास गर्न सक्ने शहरको नक्सांकन सहित विस्तृत परियोजना तयार गर्ने ।
      • ३ राष्ट्रिय स्तरमा भूकम्प बाढी पहिरो लगाएतका विपद् व्यवस्थापनका लागि स्थाई संयन्त्र निर्माण गर्ने ।
      • ४ स्थानीय तहका सबै संरचना प्राकृतिक जोखिमबाट सुरक्षित र अपाङगमैत्री बनाइने । 
      • ५ बाढी पहिरोबाट भएको क्षति र भत्केका संरचनाको पुनर्निर्माण अघि बढाउने र घर निर्माण गर्न ४ लाख अनुदान र ३ लाख रुपैयाँ दिर्घकालिन निब्यार्जी ऋण व्यवस्था गर्ने । अनि घरसँगै घडेरी समेत गुमाएका परिवारलाई घर बनाउन निशुल्क घडेरीको व्यवस्था गर्ने । उज्यालो ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top