मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

घुसमा शारीरिक सम्बन्धको प्रस्ताव राख्ने हवल्दार पक्राउ


  • राष्ट्रिय समाचार
  • 2 पटक पढिएको
काठमाडौं – वैदेशिक रोजगारीका लागि विदेश जान लागेकी एक युवतीसँग घुसबापत शारीरिक सम्बन्धको प्रस्ताव राख्ने प्रहरी हवल्दार पक्राउ परेका छन् । महानगरीय प्रहरी विमानस्थल सुरक्षागार्डमा कार्यरत प्रहरी हवल्दार महिन बस्याल पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई सोमबार पक्राउ गरेको हो ।

घुसमा शारीरिक सम्बन्धको प्रस्ताव राख्ने हवल्दार पक्राउ

पीडित युवतीले त्यस्तो प्रस्तावको प्रमाणसहित उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । हवल्दार बस्याल एक महिनादेखि फरार थिए । आजको नयाँ पत्रिकामा खबर छ । परिसरले उनलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल प्रहरीलाई जिम्मा लगाएको छ । विमानस्थलका प्रहरी प्रमुख डिआइजी पंकज श्रेष्ठले घटनाबारे आफू जानकार रहेको बताए । ‘काठमाडौं परिसरले पक्राउ गरेको छ भन्ने सुनेको छु,’ उनले भने, ‘छानबिन गरेपछि मात्र वास्तविकता भन्न सक्छौँ ।’ भिजिट भिसामा कतार जान लागेकी युवतीलाई अध्यागमन कार्यालय एयरपोर्टले रोकिदिएको थियो । त्यसपछि उनी हवल्दार बस्यालको सम्पर्कमा पुगेकी थिइन् । त्यसक्रममा उनले पैसा माग्दै एक रात आफूसँग बस्नुपर्ने प्रस्ताव रोखेको पीडितले दिएको उजुरीमा उल्लेख छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top