मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सवारी इजाजत रद्द गर्ने सरकारी तयारी, समितिका पदाधिकारी पक्राउ पर्न सक्ने     साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण     सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन     नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो     पालुङ स्वास्थ्य केन्द्रको भवन २५ बैशाखमा हस्तान्तरण हुने     कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस्     सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस     ​३३ किलो सुन तस्करी प्रकरणः बयान दिन गएका एसएसपी नै परे पक्राउ     अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।     चुरियामाईमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते     आफ्नो लुगा लिलामी गर्ने घोषणापछि अक्षय दम्पत्ति ट्रोलको शिकार   

समाज

यस्तो आयो इन्द्र बाँनीयाको प्रेश विज्ञप्ति


  • समाज
  • 18 पटक पढिएको
  • २०७४ कार्तिक १८ शनिवार
मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद ईन्द्रबहादुर बानियाँले त्यस क्षेत्रका मतदाताप्रति आभार व्यक्त गरेका छन् । २०७० सालको संविधासभा निर्वाचनमा विजय भएका बानियाँले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मतदाताप्रति आभार व्यक्त गरेका हुन् । उनले आफुलाई विजयी गराएकोमा आभार व्यक्त गरेका छन । ४ बर्षे कार्यकालमा आफुले गरेको विकास निर्माणको कामले दशकौंदेखि यस क्षेत्रको जनताको विकासको माग र आकांक्षा पुरा गर्ने प्रयास गरेको भन्दै उनले आगामी दिनमा पनि यस काममा लागिरहने बताएका छन् ।

आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा देशको असहज परिस्थिति र राष्ट्रिय राजनीतिलाई समेत मध्यनजर गर्दै लोकतान्त्रिक गठबन्धन भएको बताउँदै बानियाँले प्राविधिक कारण आफु मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तरगत प्रदेशसभा २ बाट उम्मेदवार बन्नुपरेको बताए । निर्वाचन क्षेत्र फरक रहेपनि भौतिक र भावनात्मक रुपमा मकवानपुर क्षेत्र नम्बर १ का जनता र मतदातासंगै रहेको बानियाँको भनाई छ । नेपाली कांग्रेसको जिल्ला सभापति र पूर्व जनप्रतिनिधिको हैसियतमा आफुले सधैं १ नम्बर क्षेत्रका जनताको सुख दुःख र विकासका हरेक अभियानमा जोडिने प्रतिवद्धता समेत बानियाँले व्यक्त गरेका छन् । 
जनतासंग गरेको प्रतिवद्धता अनुसार नेपाली कांग्रेसकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान ल्याउने काम सम्पन्न भई कार्यान्वयनमा रहेको विषयलाई मूख्य सफलता मान्दै बानियाँले संविधान निर्माणपछि स्थानीय तहको निर्वाचन सम्पन्न भईसकेको र आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय अभिभारा समेत जनताको साथ लिएर नेपाली कांग्रेसले पुरा गर्ने दावि गरेका छन् । विज्ञप्तिमा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन समेत उनले मतदातालाई आग्रह गरेका छन् । http://khabarbreak.com/

यस्तो छ प्रेश विज्ञप्ति

Press-Release-Indra-Bahad-1509714859.jpg





सम्बन्धित शिर्षक समाचारहरु



सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो

अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।

२२ वर्षीया युवती बलात्कार आरोपमा चार युवा पक्राउ

प्रसुती गराउनेभन्दा गर्भपतन गराउने बढी

तीन नंम्बर प्रदेशका सांसदहरुको सपथग्रहण सकियो

पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग

महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु

ब्यापार मेला गर्न नदिने हेटौडा उपमहानगरपालिकाको निर्णय
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top