मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल     क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल     प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने     हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय     मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो     मुख्य न्यायधिवक्ता थपलियाद्वारा प्रदेश प्रमुख कोइराला समक्ष प्रतिवेदन प्रस्तुत   

राष्ट्रिय समाचार

म लोकतन्त्रको लागि जेल बस्दा देउवा बेलायतका गल्लीमा हल्लिँदै थिए - ओली


  • राष्ट्रिय समाचार
  • 3 पटक पढिएको
  • २०७४ कार्तिक १७ शुक्रवार
– एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस पार्टीसँग इमान जमान सकिएको आरोप लगाउनुभएको छ । मुलुकका वामपन्थीहरु एकजुट हुँदा कांग्रेसका केही नेताहरु पानी छम्किनु पर्नेगरि मुर्छा परेकोसमेत उहाँको आरोप छ ।

म लोकतन्त्रको लागि जेल बस्दा देउवा बेलायतका गल्लीमा हल्लिँदै थिए - ओली

  मुलुकको न्यायप्रणालीले दिने हदैसम्मको दुःख आफूलाई दिएको स्मरण गर्दै ओलीले भन्नुभयो, ‘तै पनि म यो अदालतको सम्मान गर्दछु, हामी स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास गरिरहन्छौं ।’  एमाले प्रतिशोध र दण्डहिनतामा विश्वास नगर्ने उहाँको भनाई थियो । 

नेपाली राजनीतिमा कुनै बेला कांग्रेससँग डिपार्टमेण्ट स्टोर थियो भन्दै ओलीले भन्नभुयो ‘हेर्दै गर्नूहोला, छिट्टै कांग्रेससँग बाँकी भएको एउटा सटर पनि बन्द हुँदैछ ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कम्युनिष्टहरुले अधिनायकवाद ल्याउन खोजेको ब्यहोराको आरोप लगाएको बताउँदै ओलीले कांग्रेसका बोलीमा मात्र लोकतन्त्र भएको र ब्यबहारमा स्वार्थको भकारी भर्ने घिनलाग्दो दाउमात्र भएको आरोप लगाउनुभयो ।

कुनैबेला कांग्रेसको नेतृत्वको सरकारले निजीकरणको नाममा उद्योगहरु बेचेको आरोप लगाउँदै ओलीले भन्नुभयो, ‘कौडीको भाउमा देशका सम्पत्ती बेचेर देशलाई कंगाल बनाएको कांग्रेसले नै हो ।’ 

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले शान्ति प्रकृयामा आइसकेको माओवादीलाई पहिलेकै नजरले हेर्न नहुने बताउनुभयो  । उहाँले हिजोअस्ति प्रचण्डलाई प्रधानमन्त्री प्रस्तावित गर्ने कांग्रेसले माओवादीलाई फरक देख्नुलाई अरानीतिक चरित्र भएको बताउनुभयो । http://ujyaaloonline.com/news/86588/kp-oli/







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top