मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 प्रदेश सरकारमा भ्रष्टाचार वढ्दै, अख्तियारको हेटौंडा कार्यालयमा उजुरीका चाँङ्     हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर     प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग   

समाज

ज्यामिरेमा सडक स्ल्याब ढलानपछि खुसीयाली


  • समाज
  • 1 पटक पढिएको
मनहरी–मनहरी गाउँपालिका वडा नं ८ ज्यामिरेस्थित सुकौरा टोल जाने बाटोमा स्ल्याब ढलान गरिएको छ । निर्वाचन क्षेत्र भौतिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको १० लाख रुपियाँ लगानी तथा स्थानीय जनश्रमदानबाट सडक स्ल्याब ढलान गरिएको हो । स्ल्याब ढलान अनुगमनका लागि गएका सांसद राजाराम स्याङ्तान तथा पूर्वसभासद गोविन्दराम चेपाङसहितको टोलीलाई गाउँमा भब्य स्वागत समेत गरिएको छ ।

ज्यामिरेमा सडक स्ल्याब ढलानपछि खुसीयाली

स्वागत कार्यक्रममा बोल्दै सांसद स्याङ्तानले आफ्नो कार्यकालमा ज्यामिरेमा रहेको अरु सबै शाखा बाटाहरु निर्माण सम्पन्न गर्ने गरी काम अघि बढ्ने बताए । उनले स्थानीयबासिन्दाको माग बमोजिम आफूले सिफारिस गर्ने बजेटमध्ये १० लाख रुपियाँ बिनियोजन गरी सुकौरा टोलमा स्ल्याब ढलान हुँदा खुसी लागेको बताए । अपुग रकम अझै बिनियोजित गरी काम सम्पन्न गर्ने उनले प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा समाजसेवी प्रल्हाद लम्साल, एमालेका नेता हेमलाल उप्रेती, साधुराम अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । सडकटोल हुँदै सुकौरा टोलसम्म पुग्ने बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष रामभक्त उप्रेतीका सभाध्यक्षतामा कार्यक्रम भएको हो । समितिले जनश्रमदानसहित १२ लाख २७ हजार ६ सय २५ रुपियाँ खर्चेर बाटो निर्माण सम्पन्न गरेको जनाएको छ । 

(मनहरी डटकमबाट)







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top