मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

प्रेस चौतारी नेपाल मकवानपुर र प्रेस सेन्टर नेपाल मकवानपुरको संयुक्त बैठक सम्पन्न


  • समाज
  • 1 पटक पढिएको
प्रेस चौतारी नेपाल मकवानपुर र प्रेस सेन्टर नेपाल मकवानपुरको संयुक्त बैठक आज सम्पन्न भएको छ । नेपाली राजनीतिलाई समाजवादको बाटोमा डो¥याउने जिम्मा सचेत वर्गको काधमा आएको बैठकमा सहभागी वक्ताले बताए । बोल्ने क्रममा वक्ताहरुले संचारकर्मीहरुलाई त्यो अभियानमा अघि बढ्न आग्रह गरे ।

नजिक आइरहेको निर्वाचनमा वामपन्थीहरुको तालमेल र पार्टी एकता समयको माग भएको उनीहरुको भनाई थियो । यसलाई जनतहसम्म पु¥याउन पत्रकारले महत्वपूर्ण भूमिका खेल्न उनीहरुले आग्रह समेत गरे ।बैठकमा नेकपा एमाले मकवानपुरका सचिव तथा प्रचारविभाग प्रमुख एकलाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) मकवानपुरका प्रचारविभाग प्रमुख कमान सिं पाख्रिन, पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष कौशल पाण्डे, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, प्रेस सेन्टर ३ न.ं प्रदेश अध्यक्ष सुुनिल खड्का, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य राजन दाहाल, शिवकुमार रिजाल लगायतकाले आ–आफ्नो विचार राखेका थिए । बैठकले संयुक्त प्रचार समितिको सचिवालय निर्माण गर्नुको साथै निर्वाचन अवधिभर कार्ययोजना निर्माण गरेको छ । प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहालको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रेस सेन्टर नेपाल मकवानपुरका अध्यक्ष नानीमैया विष्टले संचालन गरेको हो ।  






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top