मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

३ लाख ८० हजार सहित ५२ जना जुवाडे पक्राउ


  • समाज
  • 18 पटक पढिएको
मकवानपुरको गढी गाउँपालिका वडानंम्बर ५ सिमलटारबाट जुवा र तास खेल्ने ५२ जनालाई प्रहरीले गएराती पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मकवानपुरगढी गाँउपालिका सिमलटार स्थित मान बहादुर श्रेष्ठको घरमा कौडा र तास खेल्ने ५२ जनालाई प्रहरीले पक्राउ गरेर आजै जिल्ला अदालत मकवानपुरमा म्याद थप गरेको छ ।

३ लाख ८० हजार सहित ५२ जना जुवाडे पक्राउ

 उनिहरुको साथबाट प्रहरीले ३ लाख ८८ हजार ६ सय ७० रुपैयाँ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बिकाशराज खनालले बताउनुभयो । यसैगरी जुवा तास खेल्नेहरुबाट  ५ सय भारतिय रुपैयाँ, अमेरिकन डलर ८ सय ११ रुपैयाँ र कतार रियाल ५० रुपैयाँ पनि बरामद गरेको छ । उनिहरुको साथबाट प्रहरीले तास ७ बुक कौडा १६ थान सहित पक्राउ गरी जुवा ऐन २०२० बमोजिम सम्मानित जिल्ला अदालत बाट दिन ५ को म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरी उपरिक्षक खनालले बताउनुभयो । गएरति सुराकीका आधारमा प्रहरीले जुवा तास खेलिरहेको घर घेरा हालेर खेल्ने र हेरेर बस्ने सबैलाई पक्राउ गरेको हो । पहिले सादा पोसाकमा प्रहरी खटाएर जुवा खेलीरहेको छ भन्ने सुचना पाएपछी दुईवटा भेनमा प्रहरी गएर उनिहरुलाई पक्राउ गरिएको थियो । तस्बिर : गुगल






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top