मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल   

राष्ट्रिय समाचार

प्रतिक्रियावादी राज्यसत्ता भन्दै गाडी चढे बालकृष्ण ढुंगेल


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
  • २०७४ कार्तिक १४ मंगलवार
काठमाडौं, कात्तिक १४ – प्रहरीले पक्राउ गरेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागार चलान गरिएको छ । मंगलबार बिहान सातदोबाटोबाट पक्राउ परेका नेता ढुंगेललाई जिल्ला अदालत काठमाडौंले फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार पठाएको हो ।

 ढुंगेललाई दोषी ठहर गरेको फैसला जिल्ला अदालत ओखलढुंगाबाट फ्याक्समार्फत मगाएर छलफलपछि काठमाडौं जिल्ला अदालतले ढुंगेललाई डिल्लीबजार कारागार पठाएको छ । 

ढुंगेललाई कडा सुरक्षा घेराकाबिच अदालत पेश गरिएको थियो । ढुंगेललाई ११ बजे पक्राउ गरेर झण्डै साढे ११ बजे अदालत पुर्‍याइएको थियो । झण्डै साढे तीन घण्टाको छलफल र जिल्ला अदालत ओखलढुंगाको फैसलाको फ्याक्स आएपछि ढुंगेललाई डिल्लीबजार कारागार चलाउने तयारी भयो । कडा सुरक्षाका बिच कारागार लैजान लागेका बेला सचारकर्मीसँग ढुंगेलले संक्षिप्त प्रतिक्रिया दिन लागेका थिए प्रहरीले उनलाई भ्यानमा हाले । ढुंगेलले गाडी चढ्दाचढ्दै प्रतिक्रियावादी राज्य सत्तासम्म भन्न भ्याए । गणतन्त्रका लागि आफू लडे पनि अहिलेको राज्यसत्ता प्रतिक्रियावादी भएकाले यो स्थिती आएको उनको भनाइ थियो । 

माओवादी केन्द्रका पूर्वसभासदसमेत रहेका ढुंगेललाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले मंगलबार बिहान ११ बजे ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको थियो । चार जना सादा पोशाकमा आएका प्रहरीले हाम्रो अफिस जानु पर्‍यो भदै ढुंगेललाई गाडीमा हालेका थिए । जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन इकाईमा ढुंगेललाई उभ्याइयो र साढे २ बजे अदालतबाट डिल्लीबजार कारागार चलान गरियो । 

ढुंगेल ओखलढुंगाबासी उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर भएका थिए । उज्जनकुमार श्रेष्ठको २०५५ साल असार १० गते हत्या भएको थियो । श्रेष्ठको हत्यामा ढुंगेलको हात रहेको ठहर गर्दै जिल्ला अदालत ओखलढुंगाले ढुंगेललाई सर्वश्वसहित जन्मकैदको फैसला सुनायो । जिल्ला अदालतको फैसला पुनरावेदन अदालत राजविराजले उल्ट्यायो । पछि सर्वोच्चले २०६६ पुस १९ गते जिल्ला अदालत ओखलढुंगाको फैसला सदर गरेको थियो । 

सर्वोच्च अदालतले नेता ढुंगेललाई दोषी ठहर गरेर सर्वश्वसहित जन्मकैदको फैसला सुनाएपछि उनी फरार थिए । दोषी ठहर गरेका ढुंगेललाई प्रहरीले पक्राउ नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालमाथि अदालतको मानहानी गरेको भन्दै सर्वोच्चमा कात्तिक ७ गते अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा दायर गर्नुभएको थियो ।  

त्यसको ७ दिनपछि ढुंगेल पक्राउ परेर जेल चलान भएका हुन् । पक्राउ परेका ढुंगेल माओवादी केन्द्रका पूर्व सभासद समेत हुन् । ujyaaloonline







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top