मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 प्रदेश सरकारमा भ्रष्टाचार वढ्दै, अख्तियारको हेटौंडा कार्यालयमा उजुरीका चाँङ्     हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर     प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग   

समाज

बालजागृतिबाट ७ शिक्षकलाई विदाई


  • समाज
  • 3 पटक पढिएको
हेटौंडा एफएम, २२ चैत/हेटौँडा–६ गौरीटारमा रहेको बालजागृति युवा बर्ष माविबाट ७ जना शिक्षकलाई विदाई गरिएको छ । विद्यालयले मंगलबार विदाई तथा शुभकामना अदानप्रदान कार्यक्रमको आयोजना गरी सेवा निवृत्त, शिक्षक सेवा आयोगमा नाम निकालेका, सरुवा भई अन्यत्र गएका र विदेश जान लागेका गरी ७ जना शिक्षकलाई सम्मानसहित विदाई गरेको हो ।

बालजागृतिबाट ७ शिक्षकलाई विदाई

 विद्यालयले शिक्षक रामकुमार अधिकारी, कृष्णप्रसाद दाहाल, भरत मैनाली, दिपक ढकाल, राजेन्द्र थापा, किशोर न्यौपाने र चन्द्रप्रसाद खतिवडालाई दोसल्ला र ढाकाटोपीसहित सम्मान गरेको थियो । कार्यक्रममा शिक्षकहरुले बालजागृतिमा आफुहरुको सेवाका क्रममा प्रगाढ सम्बन्ध बनेको भन्दै यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । विद्यालयको उन्नति, प्रगतिमा आफ्नो सहयोग सधैं रहने समेत उनीहरुको भनाई थियो । विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य ईन्द्रमणी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विदाई भएका शिक्षकहरु रामकुमार अधिकारी, दिपक ढकाल, विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद चौलागाई, सहायक प्रधानाध्यापक शिव दुलाल, शिक्षक प्रतिनिधि भरत सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रममा नयाँ बर्ष २०७४ को शुभकामना समेत आदानप्रदान गरिएको थियो ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top