मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ     मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..   

समाज

त्रिखण्डीमा भब्य मेला


  • समाज
  • 1 पटक पढिएको
  • २०७४ कार्तिक १४ मंगलवार
हरिबोधनी एकादशीका अबसरमा मकवानपुरको भैसे गाउँपालिकाको त्रिखण्डीमा भब्य मेला लागेको छ । आज बिहानैबाट त्रिखण्डीमा भब्य मेला लागेको हो । आज त्रिखण्डी मन्दीरमा पुजा गर्न आउनेहरुको ठुलो भिड लागेको छ । यता मकवानपुर गढी गाउँपालिकाको बंशगोपालमा पनि ठुलै मेला लागेको छ । यहाँ मेला हेर्न आउनेहरुको पनि दिनभरजसो भिडनै लागेको थियो । कार्तिक शुक्ल एकादशीका दिन मंगलबार आज हरिबोधनी एकादशी मनाईंदैछ ।

त्रिखण्डीमा भब्य मेला

हरिबोधनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने परम्परा रहि आएको छ । असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा चिरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधनी वा प्रबोधिनी एकादशी भन्ने गरिएको हो । हरिशयनीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्ने गर्छन् । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गर्ने गरिन्छ । तुलसी विष्णु प्रिय भएकाले यो दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा रहेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरीएको छ । आजको दिनमा तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गर्ने गरिन्छ । आजै देशभरका नारायण स्थान र मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । आयुर्बेदमा तुलसीलाई औषधिको गुणले पनि युक्त मानिन्छ ।











Copyright © 2017, All Rights Reserved ! Powered by :
Top