मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

मकवानपुरमा निर्बाचन आचार संहिता कडाईका साथ लागू गरिने : मुख्य निर्बाचन अधिकृतको कार्यालय


  • समाज
  • 7 पटक पढिएको
  • २०७४ कार्तिक १४ मंगलवार
आगामी मंसिर २१ गते मकवानपुरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाबमा निर्बाचन आचार संहिता कडाईका साथ लागू गरिने भएको छ । मुख्य निर्बाचन अधिकृतको कार्यालय मकवानपुरले आज सरोकारवाला राजनितिक दलहरु, बिभीन्न कार्यालयका प्रमुखहरु सहितको बैठकबाट आचार संहिता कडाईका साथ लागूगरिने बताएका हुन् । यता राजनितिक दलका नेताहरुले पनि आचार संहिता पालना गर्ने बताएका छन् ।

 मकवानपुरका मुख्य निर्बाचन अधिकृत खडानन्द तिवारीले आचार संहिता सबैले पालना गर्नुपर्ने बताउनुभयो । कानुनमा उल्लेख भएका आचार संहितालाई सबै दलहरुले राम्रो संग पालना गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले सांसद बिकाश कोष र निर्बाचनक्षेत्र पुर्बाधार बिकाश कार्यक्रम तत्काल रोकिने बताउनुभयो । यस जिल्लामा पनि यो कार्यक्रम रोकिनेगरी निर्देशन आएकाले त्यसको कार्यनयन गरिने बताउनुभयो । निर्बाचनको समयमा दर्ता भएका हतियारहरु बुझाउनका लागि उहाँले आग्रह गर्नुभएको छ । कार्यक्रममा मकवानपुर क्षेत्रनंम्बर २ का निर्बाचन अधिकृत चन्द्रकान्त खनालले निर्बाचनको लागि सबैले आचार संहितालाई पालना गर्नमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला निर्बाचन कार्यालय मकवानपुरका प्रमुख गोबिन्दप्रसाद पौडेलले निर्बाचनको समयमा सबैले पालना गर्नुपर्ने बिषयमा प्रस्ट पार्नुभएको थियो । कार्यक्रममा नेपाली काग्रेश मकवानपुरका कार्यबाहक सभापति बिष्णु लामिछाने, नेकपा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देल, माओबादी केन्द्र

मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी, राप्रपा मकवानपुरका सिताराम बतौला लगायतकाको सहभागिता रहेको थियो ।  








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top