मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

जनकल्याणका पदाधिकारीहरुद्धारा शपथ


  • समाज
  • 19 पटक पढिएको
  • २०७४ कार्तिक १३ सोमबार
हेटौडा–६,चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सोमवार सम्पन्न भएको छ ।

 गत शनिवार भएको निर्वाचनबाट अध्यक्षमा हिमाल पौडेल, लेखा सुपरिवेक्षण समितिको संयोजकमा दिपनराज आचार्य, सञ्चालक समितिको सदस्यहरुमा तेजप्रसाद भट्टराई, लक्ष्मण सापकोटा,तेजप्रसाद तिवारी, रेखा मैनाली, निर्मला तिमल्सिना र हिरादेवी महर्जन निर्वाचत भएका थिए । उपाध्यक्षमा श्यामप्रसाद भट्टराई, सचिवमा मीना धिकारी,कोषाध्यक्षमा चेतनाथ खतिवडा, लेखा सुपरिवेक्षण समितिको सदस्यमा रामशरण पौडेल र राजकुमार बास्तोला यस अघि नै निर्विरोध निर्वाचित भएका थिए ।  कार्यक्रममा हेटौडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई,७ का  वडा अध्यक्ष राजन थापा, डिभिजन सहकारी कार्यालय,मकवानपुरका प्रमुख तिलकराम पोखरेल,संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारी,निवर्तमान अध्यक्ष रघुप्रसाद आचार्य,पूर्व सल्लाहकार गणेशकुमार श्रेष्ठ,निवर्तमान उपाध्यक्ष नारायणप्रसाद अधिकारी, निर्वाचन समितिका सदस्य अश्विनकुमार अर्याल, बद्रीप्रसाद भण्डारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम निर्वाचन समितिका संयोजक बद्रीबहादुर पाठकको अध्यक्षतामा भएको थियो ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top