मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल     पाँच वर्षपछी प्रदेश–३ फलफूल मय हुन्छ– मुख्यमन्त्री पौडेल     प्रदेश राजधानी हेटौंडामा संविधान दिवसको भव्य कार्यक्रम, हजारौ जना सडकमा     संविधान र संविधानवाद बिषयक हेटौंडामा विचार गोष्ठी   

समाज

जनकल्याणको अध्यक्षमा पौडेल विजयी


  • समाज
  • 1 पटक पढिएको
हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा हिमाल पौडेल विजयी भएका छन् । आइतबार विहान सम्पन्न मतगणना अनुसार पौडेल २ सय ३ मतले विजयी भएका हुन् । पौडेलले ६ सय ४७ मत ल्याए भने उनका निकटतम प्रतिष्पर्धी नारायणप्रसाद अधिकारीले ४ सय ४४ मत ल्याएका थिए ।

जनकल्याणको अध्यक्षमा पौडेल विजयी

 त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा दिपनराज आचार्य विजयी भएका छन् । उनले ५ सय ७६ मत ल्याए भने निकटतम प्रतिष्पर्धी जयराम घिमिरेले ३ सय १५ मत ल्याएका छन् । खुल्ला सदस्यमा तेजप्रसाद भट्टराई, तेजप्रसाद तिवारी, लक्ष्मण सापकोटा र प्रदिप ढुंगाना विजयी भएका छन् । महिला सदस्यमा हिरादेवी महर्जन, रेखा मैनाली र निर्मला अर्याल विजयी भएको निर्वाचन अधिकृत बद्रीबहादुर पाठकले जानकारी दिए । यसअघि, संस्थाको उपाध्यक्षमा श्यामप्रसाद भट्टराई, सचिव मिना अधिकारी, कोषाध्यक्षमा चेतनाथ खतिवडा, लेखा सुपरिवेक्षण समिति सदस्यमा राजकुमार बास्तोला र रामशरण पौडेल निर्विरोध भएका थिए । विजय घोषणा कार्यक्रममा निर्वाचन अधिकृत पाठक, सदस्यहरु बद्री भण्डारी, अश्विन अर्याल, हेटौँडा ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, संस्थाका पूर्व अध्यक्ष रघुप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो । एक हजार ६ सय १६ शेयर सदस्य रहेको संस्थाको निर्वाचनमा एक हजार एक सय ३४ मत खसेको थियो ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top