मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

हेटौँडा उपमहानगरपालिकामा शनिबारदेखि भुस्याहा कुकुर नियन्त्रणको पहल थालिने


  • समाज
  • 1 पटक पढिएको
  • २०७४ कार्तिक १० शुक्रवार
हेटौँडा उपमहानगरपालिकामा शनिबारदेखि भुस्याहा कुकुर नियन्त्रणको पहल थालिने भएको छ । उपमहानगरपालिकाका प्रबन्धक बिके महर्जनका अनुसार भोलिबाट पहल थालिने भएको हो ।

हेटौँडा उपमहानगरपालिकामा शनिबारदेखि भुस्याहा कुकुर नियन्त्रणको पहल थालिने

हेटौँडा उपमहानगरपालिकामा शनिबारदेखि भुस्याहा कुकुर नियन्त्रणको पहल थालिने भएको छ । उपमहानगरपालिकाका प्रबन्धक बिके महर्जनका अनुसार भोलिबाट पहल थालिने भएको हो । भुस्याहा कुकुर नियन्त्रणको अभियानमा पहल थालिने भए पनि भुस्याहा कुकुरलाई के गर्ने भन्नेमा नगरपालिका नै अन्यौलमा छ । वडा नम्बर १ देखि १९ सम्मकै भुस्याहा कुकुर हटाउने अभियानमा वडा अध्यक्ष र अधिकारीहरुबिच नै बहस चलेको छ । महर्जनका अनुसार केही वडा अध्यक्षहरुले भुस्याहा कुकुर धेरै भएकोले मार्नु नै अन्तिम बिकल्प भएको बताएका छन् भने केहीले ज्यानै लिन नहुने तर सम्बन्धित घरका मालिकलाई जिम्मा लाउनु पर्ने बताएका छन् । नगरपालिका स्वयम पनि कुकुरलाई मार्नुपर्छ भन्ने कुराको विपक्षमा छ । साथै घरमा पालिएका कुकुरहरुको पहिचानको लागि बेल्ट लगाईदिन वा छाडा नछोड्न पनि उपमहानगरपालिकाले अनुरोध गरेको छ ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top