मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

नेपाल रेडक्रस सोसाइटी उपशाखा छतिवनको २२ औँ वार्षिक साधरण सभामा सम्पन्न


  • समाज
  • 1 पटक पढिएको
  • २०७४ कार्तिक १० शुक्रवार
रेडक्रसकर्मी तटस्थ रहनु नै समाजिक सम्मानको उत्कृष्ठ सेवा पुर्याउने सस्थाँको रुपमा रेडक्रस रहने बताइएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा छतिवनको २२ औँ वार्षिक साधरण सभामा बोल्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य तथा मकवानपुर शाखा सभापति सुर्यचन्द्र न्यौपानेले बताउनुभएको हो ।

 साधरण सभालाई जिल्ला शाखा उपसभापति झंक प्रसाद गौतम,उपसभापति उमेश बास्कोँटा,मन्त्रि लालबहादुर थापा, पिताम्वर बास्तोला, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, एमाले नेता बेलप्रसाद गौतम, पुर्व अध्यक्ष कृष्ण प्रसाद चौलागाई, माओवादी नेता  लोकनाथ गौतम, राप्रपा नेता धुर्वनारायण घिमीरे काङग्रेस नेता धर्मराज लामीछाने , तथा रेडक्रस कर्मी दलबहादुर वाइवा लगायतकाले सम्वोधन गरेका थिए । उपशाखा सभापति हरीहर खनालको सभापतित्वमा भएको सभामा विगत ४ वर्षमा रेडक्रस उपशाखा छतिवनको वार्षिक प्रगत तथा विपद ब्यवस्थापनका लागी गरिएका प्रयास तथा दैवि प्रकोपको उच्च जोखिममा रहेको मकवानपुरको पुर्वि  क्षेत्रमा भएक प्रयास बारे उपशाखा सभापति खनालले प्रतिवेदन पेश गर्नुभएको थियो । कोषाध्यक्ष धुर्वनारायण घिमीरेले आर्थिक वर्ष ०७२÷०७३को ४ लाख ५६हजार ९ सय ५७ रुपैयाको आय व्वय तथा वर्ष ०७३÷०७४को २ लाख १९ हजार ८ सय ४५ रुपैँयाको आय व्वय प्रस्तुत गर्नुभएको थियो । आजिवन सदस्य ३ सय ८२ जना सदस्य रहेको शाखाले जिल्ला शाखाको उत्कृष्ठ उपशाखाको रुपमा २ पटक पुरस्कार जितिसकेको छ भने लामो समयदेखी छतिवनमा एम्बुलेन्स समेत सञ्चालनमा ल्याइ सेवाभावमा अगाडी बढाई  रहेको छ । 

साधरण सभाले सर्वसम्मती रुपमा भरतप्रसाद सापकोटाको अध्यक्षतामा ९ सदस्यीय कार्य समिती चयन गरेको छ । मतदान अधिकृत जिल्ला रेडक्रस शाखा प्रमुख लक्ष्मण भट्टराइले कार्यसमितीको घोषणा गर्नुभएको थियो । समितीको सदस्यमा मोहनकुमारी न्यौपाने,प्रल्हादकुमार गौतम,अनुकुमारी लामा, होमनाथ (यादव चौँलागाई), नारायण तिमल्सीना, राधेश्याम राई, सुनिल दलार्मी, रविन्द्र चौँलागाई चयन हुनुभएको छ । निर्वाचित प्रतिनिधीलाई जिल्ला सभापति सुर्यचन्द्र न्यौपानेले सपथ तथा निर्वाचित प्रमाणपत्र हस्तारन्तरण गर्नुभयो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top