मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सामाजिक सुरक्षा कार्यक्रमको मनहरीमा स्वागत     मजुवा खानी उत्खनन् प्रक्रिया शुरु     शुभारम्भ भयो सामाजिक सुरक्षा योजना     तुइन विस्थापनको प्रगति विवरण प्रधानमन्त्री कार्यालयमा : ५ ठाउँमा भारतको असहयोग     झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५   

समाज

मकवानपुरमा मुख्य निर्बाचन अधिकृत र निर्बाचन अधिकृतको दुईवटा कार्यालयको स्थापना


  • समाज
  • 206 पटक पढिएको
  • २०७४ कार्तिक १० शुक्रवार
मकवानपुरमा मुख्य निर्बाचन अधिकृत र निर्बाचन अधिकृतको दुईवटा कार्यालयको स्थापना गरिएको छ । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्बाचनका लागि निर्बाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्ला समन्वय समिति मकवानपुरको पुरानो भवनमा निर्बाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।

निर्बाचन अधिकृतको कार्यालयमा यही कार्तिक १६ गते प्रतिनिधि सभा र प्रदेश सभाको मनोनयन दर्ता गर्नेछन् । त्यही दिनमा उमेदवारले मनोनयन गरेको सूचि समेत प्रकाश हुने भएको छ । मकवानपुरमा आउँदो मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेशको निर्बाचनमा यहाँका मतदाताहरुले ३ सय २४ वटा मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । यस जिल्लाका २ लाख ५५ हजार ६ सय ४ जना मतदाताहरुले ३ सय २४ मतदान केन्द्रबाट मतदान गर्ने भएका हुन् । यस जिल्लामा स्थानिय तहमा जतीनै एक सय ६४ मतदान स्थान कायम राखिएको जिल्ला निर्बाचन कार्यालय मकवानपुरका प्रमुख गोबिन्द्र प्रसाद पौडेलले बताउनुभयो । जिल्लाको एउटा मतदान केन्द्रमा एक हजार ६४ जना सम्म मतदाताले मतदान गर्ने कार्यक्रम रहेको छ । स्थानिय तहको निर्बाचनमा भन्दा यस जिल्लामा २७ हजार ८ सय ४५ जना मतदाता थपीएका छन् । त्यसकै आधारमा २९ वटा मतदान केन्द्र स्थानिय तहको निर्बाचनमा भन्दा थप भएको जिल्ला निर्बाचन अधिकारी पौडेलले बताउनुभयो । आजको कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रदेशसभा सदस्यको निर्बाचन सम्बनधी कानुनी ब्याबस्था, निर्बाचन आचार संहिता, उमेदवार, राजनितिक दलले पालना गर्नुपर्ने आचार संहिता, संचार माध्यमले पालना गर्नुपर्ने आचार संहिता, निर्बाचन खर्च सम्बन्धी आचारण, मौन अबधिमा पालना गर्नुपर्ने आचरण, मतदानको दिन पालनगर्नुपर्ने आचरण लगायतका बिषयमा जानकारी गराइएको थियो । निर्बाचन आचार संहिता कडाईका साथ कार्यनयन गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताउनुभयो । कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देल, उपाध्यक्ष बद्री लंसाल, माओबादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी लगायतकाको सहभागिता रहेको थियो । 






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top