मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल   

राष्ट्रिय समाचार

मतपत्र छपाइ स्थगित, चुनावबारेको आशंका झन् बढ्यो


  • राष्ट्रिय समाचार
  • 3 पटक पढिएको
  • २०७४ कार्तिक १० शुक्रवार
– निर्वाचन आयोगको कार्यतालिका अनुसार आज शुक्रबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुनुपर्ने हो । तर प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र एउटै रहने कि छुट्टाछुट्टै भन्ने विषयमा अन्योल बढेपछि मतपत्र छपाइ नै स्थगित भएको छ । आयोगले मतपत्र छपाइ स्थगित भएकोबारे औपचारिक प्रतिक्रिया भने दिएको छैन । कार्यतालिका अनुसार नै काम भैरहेको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । समानुपातिकतर्फको मतपत्र छपाइको काम थोरै बाँकी भएकाले त्यो सकिने बित्तिकै प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुने उहाँको भनाई छ । आयोगको कार्यतालिका अनुसार समानुपातिकतर्फको मतपत्र छपाइ बिहीबार सक्नुपर्ने हो । समानुपातिकको मतपत्र छपाइ सकेर प्रत्यक्षतर्फको मतपत्र छाप्ने तयारी भैरहँदा सर्वोच्च अदालतको आदेशले आयोग नै अन्योलमा परेको हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फका मतपत्र छुट्टाछुट्टै छाप्ने कामको प्रगति विवरण पेश गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशबारे आयोगका पदाधिकारीबिच छलफल भए पनि मतपत्र एउटै छाप्ने कि छुट्टाछुट्टै भन्नेबारे निर्णय हुन सकेको छैन । मतपत्र छुट्टाछुट्टै छाप्नुपर्ने अवस्था आएपनि चुनावको मितिलाई असर नपर्ने गरी काम हुने आयोगका पदाधिकारी बताउँछन् । तर सर्वोच्चको पत्र अझै प्राप्त नभएको भन्दै आयोगले मतपत्रबारे के गर्ने भनेर ठोस निर्णय गर्न सकेको छैन । आयोग नै अन्योलमा परेपछि चुनावबारेको आशंका झन् बढेको छ ।

मतपत्रमा समस्या छैन, अरु व्यवस्थापनमा समस्या

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको लागि एउटै पानामा भोट दिन मिल्नेगरी मतपत्रको ढाँचा तयार पारेको छ । अहिले यही ढाँचा अनुसार एउटै मतपत्र छाप्न लागिएको हो । मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाको लागि चुनाव चिन्ह रहनेछन् । सर्वोच्चको आदेश अनुसार छुट्टाछुट्टै मतपत्र छाप्नुपर्ने बाध्यात्मक अवस्थामा एउटै पानामा छापेर पछि काट्ने विकल्प पनि छ । तर यसो गर्दा निर्वाचन अधिकृतले सहि गर्नुपर्ने ठाउँ दुईतिर राख्नुपर्ने हुन्छ । दुईवटा मतपत्र छाप्नुभन्दा दुईतिर सहि गर्ने ठाउँ राखेर एउटै पानामा पछि काट्न सजिलो हुनेगरी छाप्ने विकल्पलाई आयोगले प्राथमिकता दिएको छ । 

एउटै पानामा प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्रको लागि झण्डै एककरोड ७५ लाख छाप्नुपर्ने हुन्छ । छुट्टाछुट्टै पानाका मतपत्र छाप्नुपर्दा यसको दोब्बर चाहिन्छ । यसले समय र खर्च दोब्बर पर्ने आयोगको भनाई छ । छपाईको समय र खर्च व्यवस्थापन गर्न सकिएपनि निर्वाचन सामग्री, मतदान केन्द्र, सुरक्षाकर्मीको व्यवस्थापन लगायतमा समस्या हुने आयोगका पदाधिकारी बताउँछन् । 

मतपत्र थपिने बित्तिकै टेबुल, कुर्सी, स्ट्याम प्याड, स्वस्तिक छाप, मसीदेखि मतपेटिका, मतदान केन्द्र, कर्मचारी र सुरक्षाकर्मी समेत थप गर्नुपर्ने हुन्छ । यी सबै सामग्री फेरि खरिद गर्नुपर्ने भएकाले समस्या हुने आयोगको भनाई छ ।

यसैगरी चुनावसम्बन्धी निर्देशिका र नियमावली पनि नयाँ बनाउनुपर्ने हुन्छ । मतदाता शिक्षा र तालिम पनि नयाँ बनाउनुपर्ने हुन्छ । आयोगले अहिले प्रतिनिधिसभा र प्रदेशसभाको लागि एउटै मतपत्र हुन्छ भनेर मतदाता शिक्षा कार्यक्रम तयार पारिसकेको छ । मतपत्र दुईवटा हुने बित्तिकै अहिले तयार पारिएका सबै सामग्रीको सट्टा अर्को बनाउनुपर्ने हुन्छ ।

दुईवटा मतपत्र हुने बित्तिकै व्यवस्थापन र तयारीमा समस्या हुने भएको छ । त्यसैले अहिलेको मतपत्रको ढाँचा परिवर्तन नगर्नेगरी अघि बढ्नुपर्नेमा आयोगका पदाधिकारीको जोड छ । तर सर्वोच्चले दुईवटै मतपत्र छाप्न दबाब दिनेगरी आदेश दिएकाले आयोग अन्योलमा परेको हो । स्रोत उज्यालोे







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top