मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल   

राष्ट्रिय समाचार

मिथिलाञ्चलमा धुमधामसँग छठ पर्व मनाईँदै


  • राष्ट्रिय समाचार
  • 5 पटक पढिएको
  • २०७४ कार्तिक ०९ बिहीवार
मिथिलाञ्चलमा बिहीबार सूर्य देवता अर्थात दिननाथको पूजा आर्चना गरी धुमधामसँग छठ पर्व मनार्इँदैछ ।

मिथिलाञ्चलमा धुमधामसँग छठ पर्व मनाईँदै

मिथिलाञ्चलमा पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै छठ पर्व  श्रद्धापूर्वक मनाइन्छ । छठ पर्वको पहिलो दिन नुहाएर खाने , दोश्रो दिन प्रसादको रुपमा खीर ग्रहण गरी खरना गर्ने , तेश्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ दिइन्छ । अन्तिम दिनलाई पारन पनि भनिन्छ । यो दिन छठ पर्वमा चढाइएको प्रसाद एवं घरमा मिठोमिठो परिकारहरु बनाएर खाने र छठ पर्व नहुनेहरुलाई निमन्त्रणा गरी खुवाउने प्रचलन छ । त्यस्तै प्रसाद वितरण पनि गर्ने गरिन्छ । यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हातीलगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा भुसुवा, ठकुवा, खाजा, उखु, हल्दी, अदुवा, विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाइन्छ । ४८ घन्टासम्म व्रतालुहरु पानी पनि नखाई यस पर्वमा उपवास बस्नु पर्छ । छठ पर्वका लागि अर्घको रुपमा तयार गरिने परिकारहरु अत्यन्तै निष्ठापूर्बक तयार गरिनुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।
 
छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top