मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड     लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा हेटौंडामा कार्यक्रम     प्रदेश लोकसेवा आयोगको अस्थायी संगठन संरचना स्वीकृत   

राष्ट्रिय समाचार

सर्वोच्चको आदेशले मंसिर १० को चुनाव संकटमा


  • राष्ट्रिय समाचार
  • 10 पटक पढिएको
  • २०७४ कार्तिक ०९ बिहीवार
– प्रदेशसभा र प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ छुट्टा छुट्टै मतपत्र छाप्नु पर्ने भन्दै सर्वोच्चले जारी गरेको आदेशबाट मंसिर १० गते हुने पहिलो चरणको चुनाव संकटमा परेको छ ।

तर आयोगले सर्वोच्चको पछिल्लो आदेशपछि अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन । छुट्टा छुट्टै मतपत्र छाप्दा मतपत्र छपाईमा दोब्बर समय लाग्छ भने मतपत्र खसाल्न मतपेटिका पनि थप्नु पर्ने हुन्छ । मतपत्र र मतपेटिका थपिएपछि तिनलाई व्यवस्थापन गर्न थप कर्मचारी र सुरक्षाकर्मीकोसमेत आवश्यकता पर्छ । 

समानुपातिकतर्फको दुवै चुनाव एउटै मतपत्रमा गर्न सर्वोच्चबाट अनुमति पाइसकेको आयोगले त्यो मतपत्र छापेर सकेको छ । आयोगले प्रत्यक्षतर्फको मतपत्रको नमुना तयार गरी शुक्रबारदेखि छाप्ने तयारी गरिरहेको थियो । यो आदेशपछि अब उसले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि एउटा मात्र मतपत्र छापेमा अदालतको अवहेलना ठहरिने छ । त्यसले आयोगले एउटा मात्रपत्र छाप्ने काम शुक्रबारदेखि नगर्न सक्छ । शुक्रबारदेखि मतपत्र छपाई नथालेमा नभ्याइने भनेर आयोगले यसअघि नै बताउँदै आएको थियो ।  मंसिर १० मा हुने पहिलो  चरणमा प्रत्यक्षतर्फ हिमाली र उच्च पहाडी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभाको चुनाव हुँदैछ । 

उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने भएकाले मंसिर १० पछि ती ठाउँमा चुनाव पनि गर्न सकिँदैन । संविधान अनुसार माघभित्र प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भइसक्नु पर्छ ।  







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top