मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल   

राष्ट्रिय समाचार

पुनर्निर्माण प्राधिकरणमा तेस्रो सीईओ, भुसालसामु चुनौतीका चाङ


  • राष्ट्रिय समाचार
  • 2 पटक पढिएको
  • २०७४ कार्तिक ०६ सोमबार
आसन्न चुनावपछि गठन हुने सरकारले उनलाई निरन्तरता देला ? भूकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तेस्रो प्रमुख कार्यकारी बनेका छन्, युवराज भुसाल । दुई वर्षमा तेस्रो प्रमुख पाएको छ, प्राधिकरणले । सुरुमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित डा. गोविन्द पोखरेललाई प्राधिकरणको प्रमुख कार्यकारीको जिम्मेवारी दिइएको थियो । अध्यादेशमार्फत् भएको उक्त व्यवस्थाले निरन्तरता नपाएपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले सुशील ज्ञवालीलाई प्रमुख कार्यकारी बनायो । ओली सरकार ढलेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वमा सरकार गठन भएपछि ज्ञवालीलाई हटाइयो र डा. पोखरेललाई सीईओ बनाइयो । आसन्न प्रदेश र संघीय संसदको चुनाव लड्ने महत्वाकांक्षाका कारण पोखरेलले राजीनामा दिएपछि भुसालको भाग्य खुलेको हो । यस हिसाबले ०७२, ०७३ र ०७४ सालमा हरेक वर्ष प्राधिकरणमा सीईओ फेरिएका छन् ।

चुनौतीका चाङ

प्राधिकरणका अनुसार भूकम्पबाट क्षतिग्रस्त ६२ हजार एक सय ८८ वटा घर निर्माण भएका छन्, गत असोज मसान्तसम्ममा । थप एक लाख ४७ हजार दुई सय ९२ घर निर्माणाधीन छन् ।

हालसम्म पूरै किस्ता पाउने लाभग्राहीको संख्या १८ हजार दुई सय ३६ छ । यस्तै, ९६ हजार सात सय २६ लाभग्राहीले दोस्रो किस्ता बुझेका छन् । र, पहिलो किस्ता मात्र पाउनेको संख्या ६२ हजार ६ सय ४६ छ । भूकम्पबाट क्षतिग्रस्त निजी घरको संख्या सात लाख ६७ हजार सात सय पाँच छ ।

भूकम्पको विनासलीलाका कारण घरबारविहीन भएकाहरु अधिकांश अझै पालमुनि कष्टकर जीवन बिताइरहेका छन् । पुनर्निर्माणको काम कछुवा गतिमा रहेको बताउँदै तीव्र आलोचना खेपिरहेको छ, प्राधिकरणले ।

हरेक सीईओले पुनर्निर्माणका लागि जटिल कार्यविधि, अन्तर मन्त्रालय समन्वयको जटिलता, गैरसरकारी संस्थाको नियमन र परिचालन तथा कर्मचारी परिचालन चुनौती सामना गर्दै आएका छन् । भुसालको आगामी यात्रा पनि त्यसभन्दा फरक हुने छैन ।

र, यी चुनौती उनका लागि ‘फलामको च्यूरा’ चपाएसरह हुनेछ ।

खासगरी, सरकार परिवर्तन भएपिच्छे प्राधिकरणको सीईओ फेरिँदा पुनर्निर्माणको काम अवरुद्ध छ । ‘प्राधिकरण राजनीतिबाट मुक्त नभएसम्म यसले गति लिन सक्दैन,’ एक अधिकारी भन्छन् ।

राजनीतिक दलप्रति बफादार व्यक्तिहरुलाई नेतृत्व दिइने प्रवृत्तिले पुनर्निर्माणको गति सुस्त हुन पुगेको अधिकारीहरुको भनाइ छ ।

लामो समय निजामती सेवामा रहेका कारण उनीबाट कर्मचारी परिचालनको पाटो चुस्त हुने अपेक्षा गर्नेहरु पनि नभएका होइनन् । तर, उनको ‘परफर्मेन्स’ हेर्न भने केही समय कुर्नै पर्छ । संघ र प्रदेश संसदको चुनावपछि गठन हुने सरकारले उनलाई निरन्तरता दिन्छ कि दिँदैन भन्ने कुराले पनि त्यसको निर्धारण गर्नेछ । प्राधिकरणको दुई वर्षे इतिहासले त्यसमा शंकाको सुविधा दिन्छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top