मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि     हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि     बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण   

राष्ट्रिय समाचार

चुनावी रणनीति बनाउँदै दलहरु, आज बेलुकीसम्म उम्मेदवारको टुंगो लगाउने तयारी


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
  • २०७४ कार्तिक ०२ बिहीवार
– चुनावी रणनीति बनाउन दलहरु बिहीबार पनि आन्तरिक छलफलमा व्यस्त छन् । आउँदो मंसिर १० र २१ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधि सभा चुनावको लागि उम्मेदवार छनौटको अन्तिम तयारीमा रहेको दलहरुले जनाएका छन् । बिहानैदेखि आन्तरिक छलफलमा जुटेका दलहरुले बिहीबार बेलुकीसम्ममा उम्मेदवारको अन्तिम टुंगो लगाउने तयारी गरेको बताएका छन् ।

बिहीबार बेलुकीसम्ममा उम्मेदवारको टुंगो लगाउन गरी नेपाली कांग्रेस आन्तरिक छलफलमा व्यस्त छ । ३२ मध्ये सात जिल्लामा मंगलबार नै उम्मेदवार टुंग्याएको कांग्रेसले बाँकी २५ जिल्लामा उम्मेदवार टुंग्याउन बाँकी छ । उसले सबै जिल्लामा बिहीबार बेलुकीसम्ममा उम्मेदवारको टुंगो लगाएपछि मात्रै नाम सार्वजनिक गर्ने तयारी गरेको छ । 

यस्तै उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेको स्थायी कमिटिको बैठक बस्दैछ । ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकले आउँदो मंसिरमा हुने चुनावको लागि उम्मेदवारको टुंगो लगाउने एमालेले जनाएको छ । 

यसैगरी माओवादी केन्द्रले पनि आन्तरिक छलफल गरी उम्मेदवारको टुंगो लगाउन लागेको प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो । अरु दल पनि चुनावी रणनीति बनाउन आन्तरिक छलफलमा छन् । पहिलो चरणमा हिमाल र पहाडका ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा मंसिर १० गते र दोस्रो चरणमा ४५ जिल्लामा प्रदेश र प्रतिनिधि सभा चुनाव हुँदैछ । 

यसैबीच एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धनमा क्षेत्र बाँडफाँड र सिट संख्या टुंग्याउने विषय जटिल बन्दै गएको छ । पहिलो चरणअन्तर्गत प्रदेश र संघको चुनावको उम्मेदवार मनोनयन दर्ता गर्न तीन दिन मात्रै बाँकी हुँदासम्म सहमति जुट्न सकेको छैन । क्षेत्र र सिट बाँडफाँड कार्यदलले दुई हप्तादेखि गृहकार्य गर्दा पनि अन्तिम टुंगो लगाउन नसकेपछि बिहीबार र शुक्रबार बैठक बसेर अन्तिम टुंगो लगाउने तयारी भएको गठबन्धनले जनाएको छ ।  ujyaaloonline 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top