मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

चट्याङ प्रतिरोधी अर्थिङ टावर समुदायलाई हस्तान्तरण


  • समाज
  • 26 पटक पढिएको
  • २०७४ कार्तिक ०१ बुधवार
मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ५ र ६ मा जडान गरिएको चट्याङ प्रतिरोधी अर्थिङ टावर समुदायलाई हस्तान्तरण गरिएको छ । यूएसएआईडीको आर्थिक सहयोगमा एकिकृत ग्रामीण विकास सेवा (आईभिडिएस), मकवानपुरद्धारा सञ्चालित सबल कार्यक्रम अन्तर्गत मकवानपुरगढी गाउँपालिकासँगको सहकार्यमा विपद् जोखिम न्यूनीकरण गराउने उद्धेश्यले अर्थिङ जडान गरिएको थियो । त्यही जडान गरिएको अर्थिङ टावर स्थानिय सम’दायलाई हस्तान्तरण गरिएको हो । सामुदायिक विपद् व्यवस्थापन समितिका कोषाध्यक्ष श्याम प्रसाद तिमल्सिनाको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यतामा कायृक्रम भएको हो ।

 कार्यक्रममा सबल बरिष्ठ जिल्ला संयोजक दीवाकर दवाडी, संस्थाका अध्यक्ष सीता विष्ट बानियाँ, सचिब मीनराज पौडेल, कोषाध्यक्ष यतिराज सापकोटा तथा स्थानीय समुदायको उपस्थितिमा सम्पन्न भएको थियो । चट्याङ प्रतिरोधी अर्थिङ समुदायलाई हस्तान्तरण पछि टावरको संरक्षण, सम्बद्र्धनको जिम्मेवारी समुदायले बहन गर्नुपर्ने र त्यसका लागि सम्पूर्ण समुदाय लागिपर्नु पर्ने विषयमा कायृक्रममा सहभागिहरुले जोड दिनुभएको थियो । २०७४ असार महिनामा जडान गरिएको अर्थिङले समुदायमा प्रत्यक्ष रुपमा प्रभाव पारी क्षति न्यूनीकरण गर्नमा लाभ पु–याएको र चट्याङ पर्ने त्रासबाट बिस्तारै सुरक्षित महसुस गरेको कुरा स्थानीय बासिन्दाहरुले व्यक्त गरेका थिए । गढी गाउँपालिकाको नयाँ गाउँ, चुवार र सानोसल्लेमा गरी ३ वटा अर्थिङ टावर जडान गर्नमा यूएसएआईडी सबल परियोजनाबाट ३ लाख ६९ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । त्यसैगरी मकवानपुरगढी गाउँपालिकाबाट १ लाख २६ हजार र स्थानिय सम’दायबाट जनश्रमदानसहित १ लाख ९ हजार गरी कुल रु.६लाख ५ हजार रुपैयाँको लागतमा निर्माण गरिएको हो । 











Copyright © 2017, All Rights Reserved ! Powered by :
Top