मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

एनआरएनए अध्यक्षमा भट्ट विजयी


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका हुन् । काठमाडौंमा भएको संघको आठौं विश्वसम्मेलनबाट अध्यक्षकी प्रत्यासी जमुना गुरुङलाई पराजित गर्दै भट्ट विजयी भएका हुन् ।

सोमबार राति सम्पन्न मतगणनामा भट्टले एक हजार एक सय ९७ मत प्राप्त गर्नुभयो भने गुरुङले ५ सय ८४ मत प्राप्त गरे । सम्मेलनमा एक हजार ७ सय ८८ एनआरएन मतदानमा सहभागी भएका थिए । यस्तै उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य विजयी हुँदा महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वा्चित हुनुभएको छ । महासचिवमा डा. बद्री केसी, सचिवमा डिबी क्षेत्री र  कोषाध्यक्षमा हिक्मत थापा विजयी भएका छन् । 

गोरखामा जन्मिएका नवनिर्वा्चित अध्यक्ष भट्ट जापानमा होटल व्यवसायमा संलग्न छन् । उनी कारोबार राष्ट्रिय आर्थिक दैनिक, हेटौँडाको युनाईटेड बु्रअरी लगायतका उद्योग व्यवसायका नेतृत्वकर्ता हुन् ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top