मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली हुनुपर्छ : प्रचण्ड


  • समाज
  • 8 पटक पढिएको
नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार धेरै ठुलो भएको बताउनु भएको छ । आज बिहान माओबादी केन्द्र मकवानपुरले गरेको पत्रकार समेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो–यो सरकार ठुलो भएकोमा मलाई पनि चित्त बुझेको छैन । तर संक्रमण कालिन सरकार भएकाले चित्त बुझाउनुपर्ने हुन्छ ।’ अबको निर्बाचन भनेको प्रतक्ष निर्बाचित राष्ट्रपतिय प्रणालीको हुनुपर्ने उहाँले बताउनुभयो ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली हुनुपर्छ : प्रचण्ड

 अहिले बनिरहेका सरकारहरु अल्पकालिन भएको र राम्रो संग काम गर्न पनि समस्या हुने भएकाले पाँच बर्ष सम्म चलाउन सक्नेगरी प्रतक्ष निर्बाचित राष्ट्रपतिय प्रणालीको हुनुपर्ने उहाँको भनाई छ । अहिलेका चुनाबहरु निकै खर्चिलो भएकोमा आपत्ति जनाउँदै उहाँले भन्नुभयो–अहिलेको निर्बाचन प्रणाली असाध्यै बोझिलो र खर्चिलो भयो । सामान्य नेतालेत चुनाब लड्न पनि समस्या भएको छ । अब त चुनाब लड्न पनि तस्करहरु आउलान भन्ने बढी समस्या भयो । सामान्य मानिशलाई त चुनाब लड्नका लागि धेरै खालका समस्या छ । त्यसैले हाम्रो पार्टीले पहिले देखिनै उठाउँदै आएको समानुपातीक प्रणालीबाट मात्र चुनाब गर्नेतर्फ निर्बाचन आयोग लागन्ुपर्छ ।’  समानुपातीक निर्बाचन प्रणालीलाई अझै ब्यबस्थित बनाउन बरु थप कानुन ल्याउनुपर्ने उहाँको सुझाब छ । मंसिरमा प्रदेश र केन्द्रको चुनाब हुनेमा कुनै संका नगर्न समेत अध्यक्ष प्रचण्डले आग्रह गर्नुभएको छ । यो बर्षनै चुनाबी बर्ष भएकाले स्थानिय तहको चुनाब संगै प्रदेश र केन्द्रको चुनाब हुने भएकाले यो पटक धेरै चुनाब हुनेभयो । माओबादी पार्टी केन्द्र र प्रदेशको चुनाबमा सम्मान जनक तेस्रो पार्टी बन्ने बताउँदै उहाँले भन्नुभयो– आउँदो चुनाबमा त पहिलो पार्टी बन्ने रहत छ नी तर अहिलेको सबै परिस्थिती हेर्दा सम्मान जनक तेस्रो पार्टी बन्ने र पछी पनि सरकारमा ठुलै भुमिकामा रहने स्थिती बन्छ ।’ अहिले भारत र चिन संगको सम्बन्ध उत्तिकै संतुलनमा रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो । अब नेपालमा बिकाशको संभाबना निकै बढ्दै गएको बताउँदे उहाँले भारत र चिनबाट नेपाललाई जोड्नेगरी रेलमार्ग आउन लागेकाले यसको बिकाशकबो संभाबना धेरैनै रहेको बताउनुभयो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top