मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

अन्तराष्ट्रिय समाचार

चीनमा भूकम्प, १३ जनाको मृत्यु, १७५ घाइते


  • अन्तराष्ट्रिय समाचार
  • 19 पटक पढिएको
साउन २५ – चीनको सिचुवान प्रान्तमा ७ म्याग्निच्युडको भूकम्प गएको चिनियाँ भूकम्प मापन केन्द्र (सिइएनसी)ले जनाएको छ । भूकम्पका परेर १३ जनाको ज्यान गएको छ । १ सय ७५ जना घाइते भएका छन् ।

चीनमा भूकम्प, १३ जनाको मृत्यु, १७५ घाइते

ज्यान जानेमा ६ जना विदेशी पर्यटक रहेको रोयटर्सले जनाएको छ । स्थानीय समय अनुसार मंगलबार राति ९ बजेर १५ मिनेट जाँदा गएको भूकम्पको प्रभाव खासगरी जिउझाइगाओ क्षेत्रमा परेको बताइएको छ ।  भूकम्पको केन्द्रबिन्दु ३३ दशमलव २ डिग्री उत्तरी अक्षांश र १०३ दशमलव २ डिग्री पूर्वी देशान्तरमा २० किलोमिटर गहिराइमा परेको सिइएनसीले जनाएको छ । यही ठाउँमा सन् २००८ को मे महिनामा भूकम्प जाँदा ७० हजार मानिसको ज्यान गएको थियो । अहिले उद्धारमा स्थानीय बासिन्दा र प्रहरीहरु खटिरहेका छन् । 






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top