भरतपुर महानगरः रेणु र देवीको मतअन्तर तीन सय भन्दा कम
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 हेटौडालाई प्रदेशको राजधानि बनाउन माग गर्दै प्रचण्डलाई ज्ञापन पत्र     यु १६ एसिया कप छनौट फुटबल : नेपाल र भारतको बराबरी, ११ मिनेटमा ४ गोल     प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली हुनुपर्छ : प्रचण्ड      वैद्य माओवादी चुनावमा, मुठी चिह्न लिएर भिड्ने     दुई सातादेखि रौतहटबाट तीन बालिका बेपत्ता     चीनमा भूकम्प, १३ जनाको मृत्यु, १७५ घाइते     कुलेखानीको ड्याममा ६ मिटर पानी कम     डोटीमा जीप दुर्घटनाः मृत्यु भएका ९ जनाको सनाखत     भरतपुर महानगरः रेणु र देवीको मतअन्तर तीन सय भन्दा कम     कक्षा १२ विज्ञान विषयको परीक्षाफल सार्वजनिक     भरतपुर १९ मा मतदान सुरु, मतदाताको उत्साह कम   

भरतपुर महानगरः रेणु र देवीको मतअन्तर तीन सय भन्दा कम

राष्ट्रिय समाचार प्रकाशित मिति:

चितवन, साउन २१ – भरतपुर महानगरपालिका वडा नं १९ को फेरि मतदान भएपछि अहिले मतगणना भइरहेको छ । शुक्रबार फेरि मतदान भएपछि राति साढे ११ बजेदेखि मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णय अनुसार चारवटा टोली बनाएर मतगणना भइरहेको छ ।

पछिल्लो मत परिणाम अनुसार वडा नम्बर १९ को २४ सय १० मत गनिसक्दा एमालेका देवी ज्ञवालीले ४१ हजार ७ सय ७४ र माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार ५ सय तीन मत प्राप्त गर्नु भएको छ । दाहालले वडा नम्बर १९ मा ज्ञवालीले भन्दा धेरै मत पाएर उहाँसँगको दूरी कम गर्नुभएको छ । अहिले रेणु भन्दा देवी २७१ मतले अघि हुनुहुन्छ ।

पछिल्लो मत परिणाम

देवी ज्ञवाली–४१७७४
रेणु दाहाल–४१५०३

पछिल्लो मतपरिणाम अनुसार वडा नम्बर १९ मा रेणु दाहालले अग्रता लिनुभएको छ । तर समग्रमा भने देवी ज्ञवालीको अग्रता कायम नै छ । १९ नम्वर वडाको मत गनेर २० नम्वर वडाको सुरु गर्ने तयारी छ । अब वडा नम्बर १९ को बाँकी केही र वडा नम्बर २० को ३३ सय १८ मत गन्न बाँकी छ । पहिलो चरणको मतगणनाका क्रममा गएको जेठ १४ गते राति माओवादी प्रतिनिधिले मत्रपत्र च्यातेका थिए । मतपत्र च्यातिएसँगै रोकिएको वडा नं १९ को मतगणना फेरि मतदानपछि सुरु गरिएको हो । मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा जडान गरिएको छ । 

मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने स्थानमा तारजाली लगाइएको छ । दलका प्रतिनिधि जालीभित्र रहनेछन् भने बाहिर कर्मचारीले मतगणना गर्नेछन् । राजनीतिक दलका प्रमुख नेतृत्व, उम्मेदवार र गणना हुने वडाका प्रतिनिधिबाहेक अन्य प्रतिनिधि राखिएको छैन । 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


176808 Times Visited.

Top