भरतपुर १९ मा मतदान सुरु, मतदाताको उत्साह कम
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 वामगठबन्धनको जित पछि नयाँ नेपाल –दाहाल     राक्सीराङमा वाम गठवन्धनको सभा, राप्रपाका उम्मेद्वार सहित दुई दर्जन वाम गठवन्धनमा प्रवेश      कमल थापालाई डोरमणी पौडलेको प्रश्न, पटक पटक मन्त्री बन्दा के गर्नु भो ?      फास्ट ट्रयाक निर्माणमा जुट्यो सेना, चार वर्षमा सक्ने लक्ष्य      पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामाआज मध्य रातिदेखि मौन अवधी सुरु हुँदै     पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका शैक्षिक संस्था आजदेखि बन्द     जनकपुरमा विवाहपञ्चमी महोत्सव धुमधामसँग मनाईंदै     १० र २१ गते कुन कुन जिल्लामा सार्वजनिक बिदा ?     निधन हुनुअघि यसरी गीत गाउँदै थिए खुशीराम पाख्रिन     उत्कृष्ट १० महिला उद्यमी छनौट     मकवानपुरको विकासकोलागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ : थापा   

भरतपुर १९ मा मतदान सुरु, मतदाताको उत्साह कम

राष्ट्रिय समाचार प्रकाशित मिति:

चितवन, साउन २० – भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा भैरहेको पुनःमतदानमा मतदाताको उत्साह कम देखिएको छ । अहिलेसम्म २० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । पानी परिरहेकोले मतदान केन्द्रमा मतदाताको उपस्थिति कम देखिएको छ ।

जिल्ला बाहिर रहेका मतदाता पहिले जसरी गाउँ नफर्किएकाले पनि चहलपहल कम देखिएको हो ।  १९ नम्बर वडामा ३ हजार ८९७ मतदाता रहेकोमा वैशाख ३१ को चुनावमा २ हजार ८ सय ९७ मत खसेको थियो । यसपटक योभन्दा कम मत खस्ने सम्भावना देखिएको छ । जम्मा २९ वडा रहेको भरतपुरमा २० नम्वर वडाको पनि मतगणना बाँकी छ । 

शुक्रबार बेलुकीदेखि मतगणना सुरु हुने हो भने शनिबार दिउँसोसम्ममा अन्तिम नतिजा आउनेछ । यसअघि भरतपुरमा एउटा वडाको मतगणना गर्न ८ देखि १० घण्टा लागेको थियो । मतगणना शुक्रबार बेलुकादेखि गर्ने या शनिबार बिहान भन्ने टुंगो लागेको छैन । २० नम्वर वडामा ३ हजार ३०२ मत खसेको छ । १९ र २० नम्बर वडाको मतगणना गर्न बाँकी हुँदा मेयरमा एमालेका देवी ज्ञवालीको ४० हजार ९८० र कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहालको ४० हजार १९४ मत छ । 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


216448 Times Visited.

Top